| शनिबार, कार्तिक २८, २०८३

सम्बन्ध बिच्छेदका लागि मुद्दा दिने पुरुष एकसय एक

अनुपमा खनाल ः
पुरुषले पनि सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्न पाउने भएपछि पुरुषले पनि मुद्दा दर्ता क्रम बढेको छ ।
बिगत एक बर्षको अबधीमा जिल्ला अदाालतमा एक सय एक पुरुषले सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गरेका जिल्ला अदालतका श्रेस्तेदार विनोदप्रसाद अधिकारीले बताए ।
गत भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ९४ अनुसार पुरुषले अदालतमा सिधै सम्बन्ध विच्छेदको मुद्धा दर्ता गर्न पाउने ब्यबस्था भएपछि सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गर्ने क्रम पनि बढ्दै गएको हो ।
जिल्ला अदालतमा गत भदौ १ गतेदेखि हालसम्म दुई सय ८६ वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएकोमा एक सय ८२ वटा महिला र एक सय एक वटा पुरुषले दर्ता गराएका छन् । सम्बन्ध विच्ेछदका मुद्धामध्ये महिलाले दर्ता गरेका एक सय २२ मुद्धाको फैसला भैसकेको छ । पुरुषले दर्ता गरेकोमध्ये ३५ वटा फैसला भैसकेको श्रेस्तेदार अधिकारीले जानकारी दिए ।
पहिले सम्बन्धबिच्छेदका लागि पुरुषले अदालतमा मुद्दा दिन नपाउने तथा घुमाउरो र लामो प्रक्रिया अपनाउनु पर्ने अवस्था थियो । तर अहिले सम्बन्ध बिच्छेदको मुद्दा दिन सोझै अदालत जान सक्ने सुविधा भएपछि वर्षौदेखि अदालत जान नसकेका पुरुष अदालत आउन थालेका श्रेस्तेदार अधिकारीले बताए ।
विभीन्न कारणले श्रीमान् श्रीमतीबिच असमझदारी बढ्दै गएपछि सम्बन्ध विच्ेछदका लागि अदालत आउने क्रम बढेको उनको भनाई छ । पारीवारीक विखण्डन बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै उनले विवाहलाई क्षणिक मनोरञ्जनका रुपमा लिएकाहरु एक अर्काको स्वभावसँग घुलमिल हुन नसक्दा पनि सम्बन्ध विच्छेद बढ्दै गएको बताए ।
पुरुष र महिला बीच सम्बन्धबिच्छेदका लागि सहमति भए एक महिनाभित्रमा मुद्दा किनारा लाग्ने छ भने पछिल्लो ऐनले सहमति कायम हुन नसक्दा एक वर्षसम्म मुद्दा फैसला नहुने व्यवस्था गरेको छ ।
ऐन अनुसार महिला ÷पुरुषले ३ बर्षदेखी अशं लिई वा मानो नछुट्टाई श्रीमती फरक बसेमा, श्रीमतीले खान लाउन वा घरमा बस्न नदिएमा, अंगभंग वा शारीरीक वा मानसिक क्षति पु¥याएमा र अन्यसँग यौन सम्पर्क गरेको ठहर भएमा सम्बन्ध विच्छेदका लागि मुद्धा दर्ता गर्न सक्ने ब्यबस्था छ । श्रीमतीले यि विषयका अलावा श्रीमान्ले अर्को विवाह गरेमा र आफुलाई जर्बजस्तीकरणी गरेमा मुद्धा दर्ता गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्