| आइतवार, कार्तिक २९, २०८३

गोरखा सदरमुकाममा असोज ८ देखि दशैंमेला

 

अनुपमा खनाल :

गोरखा सदरमुकाममा असोज ८ गतेदेखि दोस्रो दशै सस्तो बजार मेला हुने भएको छ । गोरखा चेम्बर अफ कमर्सको आयोजनामा हरमटारीको खेलकुद मैदानमा असोज ८ गतवेदेखि १७ गतेसम्म मेला हुने भएको हो ।

च्याम्बरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भाइचन्द्र श्रेष्ठले मेलाबारे जानकारी दिएका हुन् । दशैं लगायतका चाडबाडलाई लक्षित गरेर उपभोक्तालाई सहज र सुपथमूल्यमा किनमेल गर्ने वातावरण बनाउनका लागि मेला आयोजना गरिएको कमर्सका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

‘उद्योगी व्यवसायीहरुलाई समेटेर उपभोक्तालाई एकै थलोवाट आवश्यक सरसामान उपलब्ध गराउने हाम्रो लक्ष्य छ’ उनले भने ‘चाडबाडलाई आबश्यक पर्ने लत्ताकपडा, भाँडाकुँडा, चिनि, नुन, खसी, बोका, च्याङ्गग्रा मेलामा सजिलै सस्तोमा किन्न पाईनेछ । वच्चाहरुको लागि रमाइलो मेला, नेपालीहरुको लागी नवदुर्गा पूजाको पनि ब्यबस्था गर्नेछौ ।’ मेलाले गण्डकी प्रदेशले घोषणा गरेको आन्तरीक पर्यटन बर्ष २०१९ लाई पनि सघाउने आयोजकको विश्वास छ ।

एक सय ४० स्टल रहने मेलामा स्थानीय कृषि तथा पशुसम्बन्धी उत्पादनहरुलाई प्रोत्साहनका लागि निशुल्क स्टल उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताए । मेलाले स्थानिय उत्पादन र ब्यबसायको पनि प्रबद्र्धन गर्ने लक्ष्य राखिएकोे छ । मेलामा हिमाली क्षेत्रका च्याङग्रा, सिलाम, आलु , जडिबुटी लगायतका उत्पादन प्रदर्शनी तथा बिक्रीका लागी राखीने अध्यक्ष श्रेष्ठले बताए । यस्तै, स्थानीय स्तरमा उत्पादन भएका हस्तकलाका सामाग्री, भान्साका सामाग्री, खानाका परिकार पनि स्टलमा राखिने भएको छ ।

मेलामा करिव आठ करोड रुपैयाँको कारोवार हुने र करिव ७० हजार दर्शकले अबलोकन गर्ने आयोजकको अनुमान छ । मेला अबधिभर स्थानिय तथा राष्टिूय कलाकारको प्रस्तुती रहने छ । मेला अन्तरगत नै दशैलाई लक्ष्यीत गर्दै साल्टू टूेडिङ कर्पोरेसन लिमिटेड मार्फतसस्तो मुल्यमा नुन र चिनि बिक्री गरिने भएको छ । गोरखा वजारका व्यवसाय अति नै निरासाजनक भएको ठहर गर्दै चेम्बरले गोरखा वजार केन्द्रीत ब्यबसायको प्रबद्र्धनका लागि ३ महिना भित्र कार्ययोजना बनाएर सार्वजनीक गर्ने पनि जनाएको छ । गतबर्ष मेलामा प्रबेश निशुल्क रहेपनि यो बर्ष प्रबेश शुल्क लिने विषयमा छलफल भैरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘प्रतिब्यक्ति २० रुपैयाँ प्रबेश शुल्क लिने विषयमा छलफल भैरहेको छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्