
मानव बेचविखन विरुद्धको सप्ताह सुरु
मानव बेचविखन नियन्त्रणका लागि सबै पक्षबिच सहकार्यको जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् । मानव बेचविखन विरुद्धको १३ औं राष्ट्रिय दिवसका अबसरमा जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा भएको कार्यक्रममा सहभागीले सबैपक्षबिच सहकार्य र समन्वय जरुरी रहेको बताएका हुन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एस पि ओम अधिकारीले मानव बेचविखन नियन्त्रणका लागि सञ्चारमाध्यम, सवारी साधन र होटल ब्यबसायीको भुमिका महत्वपुर्ण रहने बताए । बेचविखन गर्ने क्रममा सवारी साधन र होटलको प्रयोग बढि हुने भएकाले सचेत रहन र कुनै शंकास्पद ब्यबहार वा घटना भएमा प्रहरीलाई जानकारी दिन आग्रह गरे ।
समुदायमा जनचेतनाको खाचो रहेको भन्दै उनले मानव बेचविखन विरुद्धका शन्देशमुलक सामाग्री प्रकाशन तथा प्रसारणका लागि जिल्लाका सञ्चार माध्यमलाई आग्रह गरेका छन् ।
कार्यक्रममा सहभागीहरुले मातहतका प्रहरी चौकीअन्तरगत जिल्लाका सबै विद्यालयमा चेतनामुलक कार्यक्रम गर्नुपर्ने, हरेक वडामा जनचेतनाका लागि जिल्ला समन्वय समिति मार्फत जनप्रतिनिधी परिचालन गर्नुपर्ने, सवारी साधनमा शन्देशमुलक स्टिकरका साथै अडियो सामाग्री बजाउनुपर्ने, उत्तरी गोरखाबाट गुम्बामा पढ्ने बहानामा बालबालिका ओसारपोसार हुने हुँदा यससम्बन्धमा सचेत रहनुपर्ने लगायतका सुझाव दिएका थिए ।
कार्यक्रममा सहभागी होटल ब्यबसायी, यातायात ब्यबसायी, पत्रकार लगायतले आ आफ्नो क्षेत्रबाट आबश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । जिल्लाा प्रहरी कार्यालयले सप्ताहब्यापी कार्यक्रम गरेर दिवस मनाउन लागेको हो ।
हिजोबाट सुरु भएको कार्यक्रम अनुसार मझुवा देउराली, १२ किलो र बसपार्कमा जनचेतनामुलक ब्यानर राखिएको छ ।
सरोकारवालासँग छलफल तथा अन्तरक्रियालाई पनि निरन्तरता दिईएको कार्यालयले जनाएको छ । २० गतेसम्म हुने सप्ताहब्यापी कार्यक्रम अन्तरगत विद्यालय तथा क्याम्पसमा प्रशिक्षण, जनचेतनामुलक ¥याली लगायतका कार्यक्रम गरिने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, मानव अधिकारकर्मी, पत्रकार, यातायात ब्यबसायी, होटल ब्यबसायी लगायतको सहभागीता थियो ।




