| शुक्रबार, अशोज ३, २०७६

क्यान गोरखाको अध्यक्षमा अमृत बोगटी

कम्प्युटर एसोसियसन नेपाल महांसघ (क्यान)जिल्ला शाखा गोरखाको तेस्रो अधिबेसन तथा छैटौ साधारण सभाले नोख बहादुर (अमृत) बोगटीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष सुदिप कोइराला, सचिव बाबुराम तिवारी, कोषाध्यक्ष भक्तराम राना र सह सचिव सानुकाजी श्रेष्ठ रहेका छन् ।

समितिको सदस्यमा पुर्णकुमारी शाही, सुसारा राना, दिपक पाण्डे, यम बसेल, रुबेन्द्र कुँवर र दिनेश श्रेष्ठ चयन भएका छन् ।
शनिबार जिल्ला सदरमुकाममा भएको कार्यक्रममा दुई बर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।

सोही अबसरमा क्यान गोरखाका संस्थापकहरुलाई सम्मान पनि गरिएको छ । सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष अशोक राना, सचिव शिशुबाबु प्रधान र सदस्यहरु कैलासबाबु श्रेष्ठ, भिमलाल श्रेष्ठ, नकुल थापा र राजु बाबु श्रेष्ठ छन् । उनिहरुलाई सम्मान पत्रका साथमा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

संस्थाका निवर्तमान अध्यक्ष प्रेमध्वज थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उप मेयर विनाकुमारी श्रेष्ठ, गोरखा नगरपालिका वडा नं ६ का अध्यक्ष नारायणप्रसाद अर्याल, क्यानका केन्द्रिय सदस्य अशोक राना, गण्डकी प्रदेश अध्यक्ष चिन्तामणी बास्तोला, उपाध्यक्ष तुल्सी पाण्डे, कास्कीका अध्यक्ष युवराज पौडेल, तनहुँका अध्यक्ष इन्द्रबहादुर थापा मगर, जिल्ला हुलाक कार्यालयका प्रमुख गुरुदत्त पौडेल, चेम्बर अफ कसर्म गोरखाका उपाध्यक्ष रुसबाबु जोशी, उद्योग वाणिज्य संघका महासचिव राजुबाबु श्रेष्ठ, संस्थापक सदस्य कैलासबाबु श्रेष्ठ, भिमलाल श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्