| बिहिबार, बैशाख ६, २०८१

विकास निर्माणको काम अलपत्रप्रति चिन्ता र चासो : जिल्ला प्रशासन कार्यालयद्वारा सर्वदलीय बैठक

गोरखाका राजनीतिक दल र प्रशासनले जिल्लामा अबरुद्ध भएका विकास निर्माणका कामलाई गति दिन समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता गरेका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको सर्वदलिय बैठकमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि र प्रमुख जिल्ला अधिकारीले समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता गरेका हुन् ।

विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन, समयमा नै सम्पन्न गर्ने वातावरण बनाउन र अलपत्र रहेका योजनालाई गति दिन दुबै पक्ष मिलेर अघि बढ्ने तय भएको प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने ले जानकारी दिए ।

बैठकमा सहभागी राजनैतिक दलका प्रतिनिधिहरुले जिल्लाको शान्ति सुरक्षा, सुशासन, पुनर्निर्माण लगायतका विषयमा पनि चासो ब्यक्त गरेका थिए ।

समग्रमा जिल्लामा रहेका सबै बेथिति अन्त्यका लागि एक आपसमा सहकार्य गर्ने छलफल भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । अबरुद्ध रहेका विकास निर्माणलाई गति दिन सरोकारवालासँग वृहत छलफल गरेर आबश्यक सहजिकरण गर्ने उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी लामिछाने को अध्यक्षता मा भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव प्रेम गुरुङ, नेपाली कांग्रेसका सह सचिव नारायण लामिछाने, समाजवादी पार्टीका जिल्ला सचिव विपिनचन्द्र ढकाल र जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्