| आइतवार, कार्तिक २९, २०८३

विद्युत चुहावट घटाएकोमा गोरखा वितरण केन्द्र पुरस्कृत

अनुपमा खनाल :

नेपाल विद्युत प्राधिकरणले गोरखा वितरण केन्द्रलाई पुरस्कृत गरेको छ ।

विद्युत चुहावट कम गर्नुका साथै कार्यालय स्वच्छ, सफा र हराभरा बनाउन सफल भएकाले प्राधि करणले गोरखा वितरण केन्द्रलाई पुरस्कृत गरेको हो । प्राधिकरणको ३४ औं बार्षिकोत्सवका अबसरमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो ।

गोरखा वितरण केन्द्रले विद्युत चुहावट बर्षेनी घटाउन सफल भएको छ । आर्थिक बर्ष २०७४/0७५ मा १२.६४ प्रतिशत रहेको विद्युत चुहावट घटाएर गत आर्थिक बर्ष ९.८५ प्रतिशत  बनाउन सफल भएकोमा पुरस्कृत गरेको कदर पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्