| शनिबार, भदौ ७, २०७६

गोरखा छेकम्पारका सेराप ग्याल्चेनलाई बेस्ट फेसन मोडल एवार्ड

पेजेन्ट नेपाल ईन्टरनेशनलले नेपालमा पहिलो पटक आयोजना गरेको ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ मा छेकम्पार निलेका शेराप ग्याल्चेन लामाले बेस्ट फेसन मोडलको अवार्ड जितेका छन् । बिभिन्न ४५ बिधामा भएको प्रतियोगितामा चुमनुब्री गाउँपालिका ७ निबासी लामाले उत्कृष्ट घोषित भएका हुन् ।
उनले यसअघि ग्ल्यामर्स आइकनले आयोजना गरेको मिस्टर एण्ड मिस ग्ल्यामर्स आइकन प्रतियोगिता २०१८ मा बेस्टमोडल घोषित भएका थिए । त्यसैगरी उनले २०१८ मा बेस्टफोटोजेनिक एवार्ड पाएका थिए । त्यस लगत्तै थाइल्याण्डको बैंककमा आयोजित अल्टिच्युड म्यान इन्टरनेशनल प्रतियोगितामा सहभागी भई उनी बेस्ट स्टाइलिस एवार्ड २०१८ जित्न सफल भएका थिए । बैंककमा आयोजित थाइ इन्टरनेशनल फेसनफेस्ट २०१९ मा पनि उनी सहभागी भएका थिए ।
‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ महिलातर्फको बेस्ट फेसन मोडल भने मोडल हन्ट नेपाल–२०१८ विजेता रुबिस्का श्रेष्ठ बन्न सफल भएकी छन् । मिस नेपाल (२०१८) श्रृंखला खतिवडाले पपुलर पिजेन्ट टाइटल विनरको अवार्ड जितेकी छिन् ।
समारोहमा साप्ताहिकका वरिष्ठ उप–सम्पादक कृष्ण भट्टराईले भने बेस्ट फेसन जर्ना्लिष्टको अवार्ड जित्न सफल भए । समारोहमा मिस नेपाल २००० उषा खड्गीले इभरग्रिन तथा मोस्ट पपुलर मिस नेपालको अवार्ड जित्न सफल भइन् ।
बिहिबार राती काठमाडौंमा आयोजित एक समारोहमा नेपालको फेसन तथा मोडलिङ क्षेत्रमा योगदान पु¥याउने उत्कृष्ट व्यक्तित्वहरुलाई विभिन्न चार दर्जनभन्दा बढि विधामा पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्