| आइतवार, मंसिर २९, २०७६

गोरखामा पर्ने मध्यपहाडी राजमार्गका तीन पुल बनेनन्

अनुपमा खनाल :

पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तरगत गोरखाका तीनवटा मोटरेवल पुल निर्धारित समयभित्र निर्माण गर्न सकेनन् । जराङखोला, मिर्दीखोला र बोहरेखोलामा गत असार मसान्तसम्म मोटरेबल पुल निर्माण सम्पन्न हुनुपर्ने भएपनि तीनवटै पुलको काममा ढिलाई भएको हो ।

जराङखोला र मिर्दीखोला पुल निर्माण अन्तिम चरणमा पुगेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारका सुचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए । ‘जराङखोला र मिर्दीखोला पुलको संरचना बनेको छ’, उनले भने, ‘अब सामान्य एक्सेस रोडको काम बाँकी हो । दशैंसम्ममा पुलबाट गाडी आवातजावात गर्न सक्ने काम हुन्छ । बाँकी कामका लागि एक÷दुई महिना म्याद थप्ने विषयमा छलफल हुँदैछ ।’

ओख्ले(निवेल सडकखण्ड अन्तरगत निवेलको जराङखोलामा निर्माणाधिन पुलको लागत सात करोड ७९ लाख रुपैयाँ छ । यहाँ ३० मिटर लम्बाई र ११ मिटर चौडाईको मोटरेवल पुल बन्नेछ । सुर्य रविन जेभीले आर्थिक बर्ष २०७३÷७४ मा ठेक्का पारेर काम गरेको हो ।
पालुङटार दुधपोखरी खण्ड अन्तरगत पालुङटार नगरपालिका ३ को मिर्दि खोलामा बन्ने पुलको लागत दुई करोड ९५ लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ । यहाँ २० मिटर लम्बाई र ११ मिटर चौडाईको पुल बन्नेछ । शान्ती निर्माण सेवाले आर्थिक बर्ष २०७३÷७४ देखि पुल निर्माण थालेको थियो ।

पालुङटार दुधपोखरी खण्डकै बोहरे खोलामा बनिरहेको पुलको लागत तिन करोड २१ लाख रुपैयाँ छ । नाना कन्स्टूक्सन जेभिले आर्थिक बर्ष २०७३÷७४ मा ठेक्का पारेर काम गरिरहेको छ । सो पुल २० मिटर लम्बाई र ११ मिटर चौडाईको रहनेछ ।

बोहरेखोला पुलको फाउन्डेसनमा समस्या रहेको उनले बताए । ‘यहाँ भुगोलले पनि साथ दिएन’ सुचना अधिकारी पाण्डेले भने ‘पहिरो जाने भएकाले रिक्स लिन सकिएन ।बर्षायाममा काम गर्न पनि डर भयो । अब यो पुलको लागि ६ महिना म्याद थप्ने प्रक्रिया चलिरहेको छ ।’
पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तरगत गोरखामा पर्ने ६४ किलोमिटर सडकमध्ये ७० मिटर मोटरेवल पुलले ओगट्ने छ

प्रतिक्रिया दिनुहोस्