| शनिबार, बैशाख ८, २०८१

पालुङ्टारको बस्ती हुदै हाइटेन्सन लाइन बिस्तार नगर्न पूर्व प्रधानमन्त्री भट्टराईको आग्रह

पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गृहनगर पालुङटारको मध्यभाग हुँदै विस्तार गर्न लागिएको प्रसारण लाईनका सन्दर्भमा सरोकारवालासँग छलफल गर्न उर्जा मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

पालुङटार नगरपालिकाको मध्यभाग हुँदै मस्र्याङदी करिडोरको प्रशारण लाइन विस्तार गर्न लागिएकोमा चिन्ता ब्यक्त गर्दै उनले उर्जामन्त्री बर्षमान पुनलाई सरोकारवाला निकाय र तिनै तहका जनप्रतिनिधि

बीच संयुक्त परामर्श गरि निकास निकाल्न आग्रह गरेका हुन् । स्मार्ट सिटी घोषणा गरिएको नगरपालिकाको योजनाबद्ध विकासको लागि गुरूयोजना बनिनसक्दै आ आफ्नै ढंगले मस्र्याङदी कोरिडोरको प्रसारण लाइन, मध्यपहाडी लोकमार्गको रेखांकन, पालुङटार एअरपोर्टको क्षेत्रनिर्धारण, घरजग्गा प्लटिंग आदि हुनु गम्भीर चिन्ताको विषय रहेको उनले फेसबुक स्टाटसमा लेखेका छन् ।

पालुङटार बजारको बिच भागबाट विद्युत विस्तार गर्न लागिएपछि स्थानीय बासिन्दाले पनि असन्तुष्टि जनाएका छन् । विद्युत विस्तार हुने क्षेत्रको १४ किलो मिटरको दायाँ बायाँ दुबैतिर ५०÷५० मिटरमा कुनै पनि संरचना बनाउन नपाइने भएकाले स्मार्ट सिटिमा यस्ता काम गर्न नहुने जनप्रतिनिधीहरुले बताउदै आएका छन् । केहिदिन अघि गण्डकी प्रदेश सभामा पनि सांसदद्धय हरीशरण आचार्य र प्रकाशचन्द्र दवाडीले यो विषयप्रति गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्