
गोरखाका बाढीपहिरो प्रभावितलाई राहतको ब्यबस्था गर्न सांसद दवाडीको माग
सांसद प्रकाशचन्द्र दवाडीले गोरखाका बाढीपहिरो प्रभावितलाई राहतको ब्यबस्था गर्न माग गरेका छन् । आइतबार गण्डकी प्रदेश सभामा विशेष समय लिएर बोल्दै दवाडीले बाढीपहिरो प्रभावितलाई उचित राहतको ब्यबस्था गर्न माग गरेका हुन् । गोरखाको भूसुण्डे खोला र दरौँदी नदीको बाढीले भुसुण्डे फाँटका धानखेतीमा नोक्सान पु¥र्याएकाले क्षतिको विवरण संकलन गरी किसानलाई राहत दिन उनले आग्रह गरे ।
पालुङटार नगरपालिकाको वडा नम्बर ३ र १० मा१५ घरधुरी दलित बस्ती पहिरोले उच्च जोखिममा रहेको भन्दै उनिहरुलाई सुरक्षीत रुपमा बसोबासको ब्यबस्था मिलाउन सांसद दवाडीले सरकारको ध्यानाकर्षण गराए ।
सांसद दवाडीले गोरखा नगरपालिकाको वडा नम्बर ११, ४ र ६ मा भूकम्प पिडितले बनाएको घर पहिरोको उच्च जोखिममा रहेको पनि जानकारी गराए ।
लगातारको बर्षाले बारपाक सुलिकोट गाउँपालिका वडानं ६ ताकुका एक नारायण ढकालको घरमा भ्वाङ परेको जानकारी दिदै उनले उनको परिवारलाई संरक्षण गर्न माग गरे । एक नारायणको मृत्यु भैसकेकाले उनकी श्रीमतीको विचल्ली भएको उनले जानकारी दिए
। सोही ठाउँका रामेश्वर भट्ट, पुरुषोत्तम भट्ट लगायतको १५ घरमा पनि पहिरोको जोखिम बढेकोले ती परीवारलाई तत्कालै सुरक्षीत ठाउँमा स्थानान्तरण गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।




