| आइतवार, कार्तिक २९, २०८३

अनुदानमा लापार्बाही, गोरखाका दुई मासु पसलेले पाए दोहोरो अनुदान

 

गोरखा नगरपालिकाका दुई मासु पसलेले दोहोरो अनुदान सुविधा पाएका छन् । गोरखा नगरपालिकाको पशु शाखा र भेटरी नरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गोरखा नगरपालिका ६ को बिमला फ्रेस हाउस र गोरखा नगरपालिका २ को अधिकारी स्टोर्स मासु पसललाई अनुदान दिएका हुन् ।

बिमला फ्रेस हाउसकी बिमला बुढाथोकी र अधिकारी स्टोर्स तथा फ्रेस हाउसका हुमबहादुर अधि कारीलाई पशु सेवा विज्ञकेन्द्रले एकलाख र गोरखा नगरपालिका अन्तर्गतको पशु शाखाले ५० हजार रुपैयाँका दरले अनुदान दिएका हुन् । दुई कार्यालय बीच परस्पर समन्वय नहुँदा एउटै ब्यबसायीले दोहोरो अनुदान सुविधा पाएका हुन् ।

दुवै कार्यालयले मासु पसल सुधार कार्यक्रम अन्तर्गत उनीहरुलाई अनुदान दिएको हो । समन्वयको अभावका कारण दोहोरो अनुदान परेको दुवै कार्यालयको भनाइ छ । आफूले पहिल्यै छनौट गरेर अनुदान दिएको विज्ञकेन्द्रका प्रमुख ब्रजकिशोर ठाकुर बताउँछन् । ‘हामीले त पहिल्यै छनौट गरेर अनुदान दिएका हौं’, ठाकुरले भने, ‘उहाँहरुले पछि दिनुभएछ, त्यसबारे हामीलाई पछि मात्र थाहा भयो ।’ विज्ञ केन्द्रले उनीहरुलाई छनौट गरेको बारे जानकारी नपाउँदा उनीहरुलाई अनुदानका लागि छनौट गरेको गोरखा नगरपालिकाका पशु शाखा प्रमुख जीवन पोखरेलले जानकारी दिए । ‘निवेदन संकलन गरियो । त्यतिबेलासम्म हामीलाई विज्ञकेन्द्रले केही जानकारी दिएन’, पोखरेलले भने, ‘हामीले कसैले दोहोरो सुविधा लिएको छ र ? भनेर व्यवसायीलाई सोधेका पनि थियौं, तर कसैले पनि पाएका छौं भनेर भन्नु भएन । अनि छनौट समितिले प्रक्रिया अनुसार छनौट ग¥यो ।’

छनौट गरिसकेपछि मात्र दोहोरो पाएको बारे जानकारी भएको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्