
पहिरोका कारण गोरखा मान्बु धोरतका चार परिबारले घर छोडे, रेडक्रसद्वारा राहत सामग्री प्रदान
लगातारको बर्षासँगैको पहिरोले आरुघाट गाउँपालिका १ मान्बुको धोरतमा चार घर परिवार विस्थापित भएका छन् ।
साउन ८ गतेको बर्षासँगैको पहिरोले सानुमाया गुरुङ, चन्द्रबहादुर घले, सुम्बा गुरुङ र जया गुरुङको परिवार विस्थापित भएका गाउँपालिकाका अध्यक्ष पुर्ण दाहालले जानकारी दिए । वरपर पहिरो खसेपछि जोखिम बढेकाले उनीहरु घर छाड्न बाध्य भएको उनको भनाई छ ।
विस्थापित परिवारलाई गाउँको सुरक्षित स्थानमा अस्थायी टहरा बनाएर बस्न आग्रह गरेको उनले जानकारी दिए । ‘उनीहरु बर्र्खाभरि बारीमा टहरा बनाएर बस्नुपर्ने भएको छ’ उनले भने ‘भूकम्पपछि बनेका गाउँका केहि घरमा मान्छे नबसेको भए त्यस्ता घरमा पनि बस्ने ब्यबस्था मिलाउन समुदायलाई भनेका छौ ।’ विस्थापित परिवारलाई अस्थायी बसोबासका लागि आबश्यक त्रिपाल, टेन्ट र डोरी नेपाल रेडक्रस सोसाईटीले उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालय र आरुघाट गाउ ँपालिकाको समन्वयमा राहत सामाग्री वितरण गरेको रेडक्रस सोसाईटीका सुवास घिमिरेले जानकारी दिए ।




