
विश्व हिन्दू महासंघको गोरखामा वृहत सभा
दरौंदी : विश्व हिन्दू महासंघले गोरखामा वृहत सभा सम्पन्न गरेको छ । सभामा बोल्ने बक्ताहरुले कानूनी विधि विधान मिचेर तत्कालीन सात राजनीतिक दलले धर्म निरपेक्ष घोषणा गरेको भन्दै आलोचना गरेका थिए ।
विश्वकै सबैभन्दा प्राचीन भनेर चिनिने हिन्दू धर्म अहिले धमाधम मासिँदै गएको र क्रिश्चियन धर्मले खेद्दै खेद्दै लगेको उनीहरुको चिन्ता थियो । गणतान्त्रिक नेपालका राजनीतिक दलका नेताहरुले यूरोप, अमेरिका लगायतका मुलुकसंग लाभ लिएर हिन्दू धर्म मास्ने काम गरेको भन्दै नेताहरुको आलोचना गरेका थिए ।
गुरुकूल मासेर इशकुल फैलाएको उनीहरुको आरोप थियो ।
महासंघका जिल्ला अध्यक्ष रोलकबहादुर थापाको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि विश्वहिन्दू महासंघका केन्द्रीय अध्यक्ष डाक्टर रामचन्द्र अधिकारी, पिठाधिश डाक्टर लेखनाथ आचार्य, महासंघ का वरिष्ठ उपाध्यक्ष भरतराज पौडेल, महासचिव गणेशप्रसाद न्यौपाने, केन्द्रीय सदस्यहरु जगन्नाथ कोइराला, इन्दिरा कोइ राला, कास्की जिल्ला अध्यक्ष पार्वती पौडेल, गोरखनाथ वैदिक गुरुकूलका अध्यक्ष पुरुषोत्तम अर्याल, हेड्स नेपालका अध्यक्ष प्रतापराज वन्त, व्रह्मकुमार इश्वरीय विश्वविद्यालय का शिव श्रेष्ठ लगायतका बक्ताहरुले आ(आफ्ना धारणा राखेका थिए । कार्यक्रममा राष्टिूय लोक भजन चुट्का संरक्षण समितिले भजन प्रस्तुत गरेका थिए




