| आइतवार, कार्तिक २९, २०८३

भीमसेन थापा गाउँपालिकामा भीमसेन थापा जन्मजयन्तीमा सार्बजनिक विदा

 

भीमसेन थापा गाउँपालिकाले यही साउन नौ गते परेको राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीको उपलक्ष्यमा सार्बजनिक बिदा दिने निर्णय गरेको छ । हालै सम्पन्न गाउँ कार्यपालिकाको बैठकले नेपालको प्रथम प्रधानमन्त्री भनेर प्रसिद्ध भीमसेन थापाको जन्मजयन्तीको उपलक्ष्यमा गाउँपालिका भित्रका सरकारी कार्यालयहरु, विद्यालयहरु लाई विदा दिने निर्णय गरेको गाउँ पालिकाका प्रमुख इश्वर पाण्डेले जानकारी दिए ।

सो अबसरमा गाउँ कार्यपालिकाको कार्यालयले थापाको पुख्यौली घर भएको स्थल भीमसेन थापा गाउँपालिका वडन नं. ८ चण्डीथान भन्ने ठाउँमा औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको पाण्डेले बताए । उनै थापाको नामबाट गाउँ पालिकाको नाम राखिएकाले उनको घर भएको ठाउँको विकासका लागि भीमसेन थापा स्मारक निर्माण गर्ने लक्ष्य राखेको अध्यक्ष पाण्डेले बताए । सालिक राख्ने, सो घरलाई घेराबार पर्खाल लगाउने, पार्क बनाउने लगायतका योजना गाउँपालिकाको रहेको उनले बताए ।

सोही दिनमा भीमसेन थापाको जन्मस्थल भनेर चिनिएको गोरखा नगरपलिका ४ मा पिपलथोकमा पनि बिभिन्न कार्यक्रम हुने भएको छ । वडा नं. ४ को कार्यालयको आयोजनामा औपचारिक कार्यक्रम गरिने वडा अध्यक्ष रामशरण अधिकारीले जानकारी दिए । पिपलथोकमा गोरखा नगरपालिकाले भीमसेन थापाको सालिकसहित भीमसेन पार्क निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्