| आइतवार, कार्तिक २९, २०८३

नेपाल कम्युनिष्ट पार्टी गोरखाको इञ्चार्जमा कृष्ण धिताल, सहइञ्चार्ज तीनजना

 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले गोरखाको इञ्चार्ज र सहइञ्चार्जको टुङ्गो लगाएको छ । आइतबार सम्पन्न पार्टी केन्द्रको सचिवालय बैठकले गोरखा जिल्ला इञ्चार्जमा कृष्ण धिताललाई चयन गरेको छ ।

त्यस्तै सहइञ्चार्जमा तीन जना चयन भएका छन् । सुशीला सिँखडा, परशुराम रम्तेल र चुडामणि जङ्गली चयन भएका छन् ।

केन्द्रीय सदस्यलाई मात्र इञ्चार्ज र सहइञ्चार्ज बनाउने पार्टीको ब्यबस्था अनुसार इञ्चार्ज, सहइञ्चार्जको टुंगो लगाइएको प्रबक्ता नारायणकाजी श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । गोरखामा साबिक एमालेबाट केन्द्रिय सदस्य रहेका रामशरण बस्नेत मनाङ जिल्ला इञ्चार्ज भएकाले कास्कीका चुडामणि जंगलीलाई गोरखाको सहइञ्चार्ज बनाइएको उनले बताए ।
त्यसैगरी तनहूँका इञ्चार्जमा हरिबहादुर चुमान चयन भएका छन् । सहइञ्चार्जहरुमा आशा कोइराला, एकबहादुर राना र प्रतापलाल श्रेष्ठ चयन भएका छन् । लम्जुङका इञ्चार्जमा मायानाथ अधिकारी र सहइञ्चार्जमा अमर तमु(गोरखा) चयन भएका छन् । कास्कीका इञ्चार्जमा राजकाजी गुरुङ र सहइञ्चार्जहरुमा श्रीनाथ बराल, भीम कार्की, सीता गिरी र शारदा सुवेदी चयन भएका छन् । त्यस्तै मनाङ जिल्ला इञ्चार्जमा रामशरण बस्नेत(गोरखा) चयन भएका छन् ।
त्यसैगरी चितवन जिल्ला इञ्चार्जमा कृष्ण खनाल चयन भएका छन् भने सहइञ्चार्जहरुमा इश्वरीप्रसाद खनाल, गंगाकुमारी बेलबासे र ज्ञानु बस्नेत सुवेदी चयन भएका छन् । धादिङ जिल्ला इञ्चार्जमा शालिकराम जमरकट्टेल र सहइञ्चार्जमा खेम लोहनी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्