| आइतवार, कार्तिक २९, २०८३

अरुलाई मात्र कारबाही गरिदियोस्, आफूलाईचाहिँ छाडिदियोस् भन्ने चाहनुहुन्न : एसपी अधिकारी

 

हालै सरुवा भई गोरखा आएका जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले काम गर्न प्रहरीलाई उपयुक्त वातावरण हुनुपर्ने बताएका छन् । प्रहरीले मात्र चाहेर शान्ति सुरक्षाको ब्यबस्था र अपराध अनुसन्धानको काम गर्न कठिन हुने भन्दै उनले प्रहरीलाई काम गर्न प्रतिकूल वातावरण नबनाउन उनले आग्रह गरे ।

‘चौतर्फी बदमासी नै बदमासी भएको ठाउँमा प्रहरीले जति चाहेर पनि राम्रो काम गर्न सक्दैन’, एसपी अधिकारीले भने, ‘नराम्रै नराम्रोको बीचमा जुन निर्णय रोज्दा पनि नराम्रै हात पर्छ । त्यसैले प्रहरीले राम्रो काम गरिदियोस् भनेर चाहने हो भने वातावरण पनि रामो चाहिन्छ ।’

प्रहरीलाई दबाब र प्रभावमा राख्न चाहनेहरुले स्वतन्त्र रुपमा काम गर्न बाधा अड्चन पार्ने उनको भनाइ छ । ‘सर्वसाधारण नागरिक त सँधै आफ्नो काममा तल्लीन हुन्छन्’, उनले भने, ‘प्रहरी कार्यालयमा नियमित आइरहनेहरुको नियत हामी बुझिहाल्छौं ।’ प्रहरी कार्यालयको प्रवेशद्वारमा लेखिए झै दलाल, माफिया बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिने उनले बताएका छन् ।

अरुलाई मात्र कारबाही गरिदिने, आफूलाई चाहिँ छाडिदिए हुन्थ्यो भन्ने चाहनु नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्