
पार्टी एकता टुंगाउन गृहकार्य भैरहेको छ : श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतालाई अन्तिम रुप दिने तयारी भएको बताएका छन् ।
नेकपाका दुई जना अध्यक्षले राजनितिक प्रतिबेदन तयार गरी सांगठनिक एकीकरणका बाँकी कामलाई अन्तिम रुप दिन गृहकार्य गरिरहेको उनले बताए । गोरखा नगरपालिकाको मनकामना बहिरा आबासीय माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले पार्टीलाई मजबुद बनाउन दुबै अध्यक्ष दृढसंकलपका साथ जुटेको बताए ।
‘दुबै अध्यक्ष घनिभुत रुपमा लाग्नुभएको छ’ उनले भने ‘सचिवालय बैठक, स्थायी समितिले पनि सांगठनिक एकतालाई अन्तिम रुप दिन अध्यक्षद्धयलाई सहयोग गर्नेछ । हामी छिट्टै टुंगोमा पुग्नेछौ ।’ आर्थिक संवृद्धितर्फ सरकार केन्द्रित रहेकोले तत्काल मन्त्रिमण्डल परिवर्तनको कुनै सम्भावना नरहेको उनले स्पस्ट पारे । हिंसात्मक गतिविधि त्यागेर वार्तामा आउन उनले विप्लव नेतृत्वको नेकपालाई आब्हान गरेका छन् । ‘वार्ताबाट सबै समस्याका समाधान निस्कन्छ’ उनले भने ‘परिणाममुखी वार्ताका लागि सरकार सदैव तयार छ । उहाँहरु आफ्ना एजेण्डासहित वार्तामा आउनुपर्छ ।’
भूकम्पले विद्यालय भवन भत्किएपछि जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले चारकोठे नयाँ भवन बनाएको हो । भवन शुक्रबार नै विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालीका वडा नम्वर १० का अध्यक्ष देवीबहादुर वस्नेत, शिक्षा अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख विष्णुप्रसाद मिश्र, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष ध्रुव भट्ट लगायतले मन्तब्य ब्यक्त गरेका प्रधानाध्यापक अनिल अम्गाईले जानकारी दिए ।




