| आइतवार, कार्तिक २९, २०८३

पृथ्वीसुब्बा गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्रीले भने, : ‘पर्यटन प्रवर्धनका लागि जुवाघर र क्यासिनो खोलौँ’

पर्यटनलाई आफ्नो समृद्धिको मुख्य आधार मानेको गण्डकी प्रदेशका मुख्यमन्त्री विभिन्न कारणले चर्चामा रहिरहन्छन् । कहिले संघ सरकारसँगको कुरालाई लिएर त कहिले पोखरामा इन्जोय जोन खोल्ने विषय उठान गरेर होस् उनी चर्चामा आइरहन्छन् । उनै मुख्मन्त्री गुरुङले सोमबार भएको एक कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि जुवा घर खोल्नु पर्ने बताए । आन्तरिक पर्यटन वर्ष २०१९ मुलआयोजक समितिको पहिलो बैठक तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

आफु कतार भ्रमणमा रहँदा जुवा खालमा देखेको कुरालाई सम्झँदै मुख्यमन्त्री गुरुङले भने, ‘कतारको भ्यालेन्सीयन र ग्यालरी दुई ठाउँको जुवा खाल भ्रमण गर्ने अबसर पाएको थिएँ । त्यहाँ रहेको जुवा घरमा वर्षेनी पाँच लाख मान्छे जुवा खेल्न आउने । त्यसरी आउनेहरुलाई बसले स्टेशनबाट निशूल्क ल्याउँदो रहेछ, जाने बेला फेरी जहाँबाट ल्याएको हो त्यहीँ छोड्ने गर्दाे रहेछ ।’ जुवा घरमा त्यहाँ छिरेपछि दुध, चिया जे खान नी पाइने उनले बताए । उनले त्यहाँ जुवा खेल्नेहरु कालो सुटमा सजिएर आएको समेत सम्झे ।

उनले नेपालमा कौडा, क्यासीनोलाई ब्यवस्थित गर्नुपर्ने बेला आएको बताए । ‘हाम्रो कौडा हानेर घरवारै विगारेको, सारा सम्पत्ती सकेको, श्रीमतीलाई दाउ हानेको, छोराछोरीलाई दाउ हानेको सुन्छौँ,’ उनले भने, ‘त्यसकारणले हामीले जुवा खेल्नेलाई खत्तम भन्छौँ । तर, ब्यवस्थित क्यासीनो खोल्न जरुरी छ । त्यहीँ आउँछ त्यहीँ खेल्छ, त्यहीँ खान्छ । क्यासीनोेले सरकारलाई ट्याक्स पनि तिर्छ । पर्याप्त टुरिस्टहरु आउँछन् । जति धेरै आयो उति धेरै पैसा आयो, जति धेरै बस्यो उति धेरै पैसा पायो, जति धेरै सुत्यो उति धेरै पैसा पायो, जति धेरै पियो उति धेरै पैसा पायो । यो चाहीँ नेपालीको लागि हैन विदेशीको लागि हो ।’ उनले जुवा, क्यासीनो खेल्न नेपाल आउनेहरुलाई कहाँ जाने भन्दा फलानो ठाउँमा जाने भन्ने बनाउन जरुरी रहेको समेत बताए । ‘मान्छेले बनाएपछि ढुंगा पनि सुन बन्छ,’ जुवा क्यासीनो नराम्रो कुरा नभएको प्रष्ट्याउन उनले भने ।

पर्यटन मन्त्रालयले गरेको उक्त कार्यक्रममा प्रदेशका ११ वटै जिल्लाका ८५ वटा स्थानीय तहका प्रमुखहरु र जिल्ला समन्वय समितिका प्रमुखहरुको सहभागिता रहेको थियो । गण्डकी सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष घोषणा गरेको छ महिना पछि सोमबार पहिलो बैठक बसेको थियो ।

गण्डकीका पर्यटन मन्त्री विकास लम्सालले अबको बाँकी अबधीमा सोचे अनुसारकै पर्यटकहरु आउने बताए । ‘यो सिजन भनेको पर्यटनको अपसिजन हो यो बेलामा त चहलपहल छ भने हाम्रो कमिटीहरुले काम सुरु गरेपछि कस्तो होला,’ उनले भने, ‘दशैँ पछि पर्यटक थेगिनसक्नु हुन्छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउन हामीले यो भ्रमण वर्ष मनाइरहेका छाँैँ सयमा सय प्रतिशत हामी सफल हुन्छौँ ।’ उनले अहिले पर्यटनका संख्या भन्दा पनि क्वालीटीका पर्यटकको आगमन बढाउन जोड दिन थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्