| आइतवार, कार्तिक २९, २०८३

प्रधानमन्त्री रोजगार कार्यक्रमको बद्नाम, झार उखेल्दै ज्याला थाप्दै

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोरखा नगरपालिकामा रोजगार पाएकाहरुले झार उखेलेर, घाँस काटेर दिन काट्ने गरेका छन् ।
गोरखा नगरपालिका ६ बाट रोजगारीका लागि छनौट भएकाहरुले बिहिबार दिनभर रानीपोखरी आसपास झार उखेलेर र घाँस काटेर बिताएका हुन् । उनीहरुजस्तै गोरखा नगरपालिकाभित्र दुईसय ५२ जनाले बुधबारदेखि घाँस काट्ने, झार उखेल्ने, नाला सफा गर्ने काम गरिरहेका रोजगार संयोजक गीता बस्नेतले जानकारी दिइन् । ‘सकेसम्म प्रभावकारी बनाउँ भनेको हो, तर सकिएन’, उनले भनिन्, ‘छोटो समय रह्यो, त्यसैले निर्माणको काम गराउन सकिएन । त्यसैले सरसफाइ र मर्मतसम्भार गर्न लगाइएको हो ।’ उनीहरुले १५ दिनसम्म यस्तै काम गर्ने उनले बताइन् ।
दिनभर काम गरेबापत उनीहरुले सातसय रुपैयाँका दरले ज्याला पाउने ब्यबस्था रहेको बस्नेतले जानकारी दिइन् । प्रधानमन्त्री रोजगार कोषले गोरखा नगरपालिकामा सो कामका लागि ४९ लाख रुपैया पठाएको छ ।
उनीहरुले काम गरेको रेखदेख गर्न टोली नेता खटाइएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्