| आइतवार, कार्तिक २९, २०८३

धार्चे र शहीद लखन गाउँपालिकाको नीति तथा कार्यक्रम पारित, अर्गानिक धार्चे र शहीद लखनलाई कृषिमा आत्मनिर्भर बनाउने

 

अनुपमा खनाल :

धार्चे गाउँपालिकाले आर्थिक प्लास्टिकको खादा प्रतिबन्ध गरी स्थानीय फूलको मालालाई प्रबद्र्धन गर्ने नीति पाँचौँ गाउँसभाबाट पारित गरेको छ । सोमबार सम्पन्न समारोहका बीच जनप्रतिनिधि र कर्मचारीका लागि सामुहिक दुर्घटना बिमा गर्ने कार्यक्रम पनि पारित गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

सबैतिर बिषादीमुक्त खेती गरी अर्गानिक गाउँपालिका घोषणा गर्ने, अर्गानिक घाँस खाएको पशुको मुत्र निर्यात गर्ने, टिमुर खेतीका लागि प्रत्येक वडामा एकेकवटा मेसिन उपलब्ध गराउने नीति तथा कार्यक्रम पास गरिएको गुरुङले बताए ।

हरेक वडामा एकेक जना तालिमप्राप्त लेडिज टू्ेकिङ गाइड उत्पादन गर्ने, विकास, कृषि, पर्यटन र जडिबुटिमा प्राथमिकता दिंने नीति तथा कार्यक्रम तय गरेको छ । माछाखोलास्थित गाउँपालिका कार्यालयमा सोमबार भएको गाउँसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष सन्तोष गुरुङले अर्गानिक खेतीलाई जोड दिने बताए ।

‘हामी सबै बन्नुछ एकता जैविक खेति आजको आबश्यकता’ भन्ने नाराका साथ गाउँपालिकामा अर्गानिक खेती गर्ने नीति लिएको उनको भनाई छ । नीति तथा कार्यक्रममा गुम्दालाई आलु मिनि सुपरजोन घोषणा गर्ने तथा सो क्षेत्रमा पाउने आलु भटमास, सिलाम, सिस्नो र सिमीलाई ब्राण्डेड बनाउने समेटिएको छ । यस्तै, लापुवेशी, खानीबेसी, खोर्लाबेशी, काशीगाउँबेशीमा भैसी पालनलाई विस्तार गरी ५ बर्षमा गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउने नीति पनि गाउँपालिकाको छ ।

‘प्रकृति र संस्कृतिको खुल्ला संग्रहालय धार्चे’ भन्ने नाराका साथ पर्यटन गुरुयोजना निर्माण गरी पर्यटकिय गन्तब्य र पुर्वाधार विकास गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष गुरुङले बताए ।

शिक्षा क्षेत्रलाई प्राथमिकता दिदैं गाउँपालिकाले शिक्षामा पुजिगत अनुदानको ब्यबस्था गर्ने निर्णय गरेको छ । गुणस्तरीय शिक्षाका लागि अपुग शिक्षक नियुक्तीका लागि बजेटको ब्यबस्था गर्ने उनको भनाई छ । गाउँपालिकामा डिप्लोमा इन फरेस्टी सञ्चालन गर्नेगरी प्राविधिक शिक्षालय स्थापना गर्ने, आवासीय विद्यालय स्थापनाका लागि भौतिक पुर्वाधार तयार गर्ने र ३ बर्ष भित्र गाउँ पालिकालाई पुर्ण साक्षर घोषणा गर्ने गाउँपालिकाको नीति छ ।

बेरोजगारलाई रोजगारी सिर्जनाका लागि युवा चुनौती कोष स्थापना गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । गाउँपालिकाबासीलाई सुचनाको पहुँचका लागि कटुवाललाई पारिश्रमिक उपलब्ध गराउने कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएको छ ।
यस्तै, महिला शशत्तिकरणका लागि धार्चेको आयाम नारीको उत्थान भन्ने नाराका साथ उपाध्यक्ष महिला उत्थान कार्यक्रम लागू गर्ने अध्यक्ष गुरुङले बताए । गाउँपालिकाको प्रत्येक वडामा हेलिप्याड बनाउने, विपद ब्यबस्थापन कोष स्थापना गर्ने, धुँवा तथा प्लास्टिक मुक्त गाउँपालिका घोषणा गर्ने, गाउँपालिकाले नीति लिएको छ ।

शहिद लखन गाउँपालिकाले “उत्पादनमा जोड दिऔं आत्मनिर्भर बनौंैं” भन्ने नाराका साथ कृषिजन्य बस्तु उत्पादनमा जोड दिने नीति तय गरेको छ । पाचौं गाउँसभा तथा बजेट अधिबेसनमा आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम पेश गर्दै गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले पाँच बर्ष भित्रमा गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने बताए । स्थानीयस्तरमा उत्पादन हुने आलु, पिँडालु, बन्दा, काउली, मूला, साग, गोलभेडा लगायतको तरकारी उत्पादनमा वृद्धि गरि ५ बर्षभित्र आत्मनिर्भर बनाउने योजना रहेको उनले जानकारी दिए । पालिकालाई अण्डा, मासु र दूधमा छ बर्ष भित्रमा आत्मनिर्भर बनाउन अण्डा, मासु र दूध विशेष उत्पादनलाई प्रोत्साहन गरिने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकाले धार्मिक प्रतिष्ठान हरुको प्रवद्र्धन गर्दै सबै जातजाति को रीतिरिवाज, परम्परा आदि झल्कने गरि पालिका स्तरको सांस्कृतिक संग्राहलय निर्माण गर्ने, पर्यटकहरुको आकर्षण र सुविधाका लागि पुराना पाटी, पौवा, पानी पधेरा, चौताराको संरक्षण गर्ने नीति पनि तय गरेको छ । यस्तै, मनकामना मन्दिर, बक्रेश्वरी मन्दिर तथा त्रिबेणी मन्दिरको बिस्तृत गुरुयोजना निर्माण गरि यसको धार्मिक तथा सांस्कृतिक पर्यटकीय महत्वलाई विश्व सामु उजागर गर्ने गाउँपालिकाको लक्ष्य छ । मनकामना मन्दिरको भक्तजनलाई लक्षित गरी त्यस क्षेत्र वरपरका किसानहरुलाई फूल खेती गर्न प्रोत्साहन गर्ने गाउँपालिकाले कार्यक्रम तय गरेको छ ।

एक वडा एक घाँसे बाली श्रोत केन्द्र स्थापना गर्ने, पालिका स्तरमा वन नर्सरीको निर्माण गर्ने, स्थानीय स्तरमा भएका जडीबुटी, फलफूल, वन पैदावार, खानी जन्य वस्तुहरुको उत्खनन् तथा प्रसोधन गरी त्यसको उद्योग संचालनमा जोड दिईने गाउँपालिका अध्यक्ष मगरले जानकारी दिए । गाउँपालिका स्तरीय यातायात गुरु योजना तयार गरी सो योजनाले तोकेका सडकहरुलाई स्तरोन्नती गर्ने र फोहोर ब्यबस्थापनका लागि ल्याण्डफिल्ड साइडको पहिचान र निर्माण गर्ने गाउँपालिकाको योजना छ ।

महिलाहरुका लागि समन्वयात्मक रुपमा रोजगारी तथा स्वरोजगारी सृजना गर्न आयमूलक, सीपमूलक प्रशिक्षण कार्यक्रम संचालन गर्ने, बालममैत्री गाउँपालिका बनाउन आधार तथा बालमैत्री शासन कार्यविधि तय गर्ने, व्यवसायिक सीप अभिवृद्धि गर्न आवश्यकताका आधारमा क्षेत्रगत रुपमा छुट्टाछुट्टै प्राविधिक विद्यालयहरुको स्थापनाका लागि पहल गर्ने पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्