| आइतवार, कार्तिक २९, २०८३

बारपाक सुलीकोटका किसानलाई हाते ट्याक्टर वितरण

अनुपमा खनाल :

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले किसानहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । स्वाँरा सघन गाउँ विकास केन्द्रसँगको साझेदारीमा गाउँ पालिका भित्रका किसान, कृषि समुह तथा सहकारी संस्थालाई ८० प्रतिशत अनुदानमा हाते टूयाक्टर वितरण गरेको कृषि शाखा प्रमुख सुस्मीता गौतमले जानकारी दिईन् ।

ब्यबसायिक कृषिमा संलग्न दुई किसान र १० वटा कृषक समुह तथा सहकारीलाई एक एक थान हातेटूयाक्टर वितरण गरेको उनको भनाई छ । गाउँपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष बिष्णु भट्टले किसानलाई टूयाक्टर हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिमा आधुनिनिकरण र यान्त्रीकरणका लागि किसानलाई हाते टूयाक्टर वितरण गरेको बताए । ‘अब कृषिमा आधुनिकिकरण जरुरी छ’ उनले भने ‘किसानलाई ब्यबसायीक खेतीमा आकर्षित गर्न र बाँझो रहेका जमिनबाट उत्पादन लिन टूयाक्टरले सघाउने विश्वास लिएको छु ।’ सहकारी तथा समुहमा आबद्ध सबैले मिलेर टूयाक्टर प्रयोग गर्न उनले आग्रह गरे ।

७ हर्स पावर क्षमता भएको हातेटूयाक्टर वितरण गरिएको हो । ५५ हजार रुपैयाँ पर्ने सो टूयाक्टरमा किसानको ११ हजार रुपैयाँ लगानी परेको छ । टूयाक्टरले न्युनतम प्रतिघन्टा एक रोपनी जोत्न सक्ने कृषि शाखा प्रमुख गौतमले बताए । एक लिटर पेटूोलले एक घन्टा जोत्न सकिने उनको भनाई छ । हातेटूयाक्टर पाएसँगै किसानहरु खुसी भएका छन् । अब जोत्नकै लागी गोरु पाल्न नपर्ने तथा थोरै समयमा धेरै काम गर्न सकिने उनिहरुको विश्वास छ ।

कृषि समुह तथा सहकारीले भाडामा पनि टूयाक्टर प्रयोग गर्न सक्नेछन् । भाडामा लगाउनका लागि प्रतिघन्टा ज्याला तोक्ने र त्यसको २० प्रतिशत रकम मर्मत सम्भार कोषमा राख्ने उनिहरुको तयारी छ । सो रकम टूयाक्टर विग्रेमा मर्मत सम्भारका लागि प्रयोग गरिनेछ । टूयाक्टर वितरणकै क्रममा प्रयोगका सन्दर्भमा किसानलाई प्रयोगात्मक तथा सैद्धान्तिक प्रशिक्षण पनि दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्