| आइतवार, कार्तिक २९, २०८३

इदको बिदा दिन मुस्लिम संघद्धारा सरकारलाई ४८ घन्टे अल्टिमेटम

मुस्लिम धर्मावलम्बीको आउँदै गरेको महानपर्व इदको अवसरमा सार्वजनिक बिदाको घोषणा गर्न नेपाल मुस्लिम संघले सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको छ ।

दुई दिनभित्र दुवै इदमा बिदा दिने घोषणा नगरे सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने संघका अध्यक्ष अब्दुल सतारले चेतावनी दिए ।
संघले गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै माग पूरा नभए नेपाल बन्द सम्मको कार्यक्रम गर्ने घोषणा गरेको छ । ‘हामीले तीन तहको सरकारको ध्यानाकर्षण गराइसकेका छौं’, संघका अध्यक्ष अब्दुल सतारले भने, ‘हामी आज रमजानको रोजाको २३ औ दिनमा छौँ । २५ औं दिनसम्म कुर्छौ । सरकारले बिदा घोषणा नगरे २६ औं दिनदेखि भोको पेटमै भएपनि आन्दोलन गर्छौँ ।’ यसअघिको सरकारले दिदै आएको विदा वर्तमान सरकारले गतबर्षदेखि कटौती गरेकोमा आक्रोश व्यक्त गर्दै संघका अध्यक्ष सतारले आफूहरुले नयाँ सुविधाको माग नगरेको तर्क गरे । ‘मुस्लिम समुदायको दुईवटा इद र मोहम्मद जयन्तीमा बिदा दिनुपर्छ’ उनले भने ‘चाडबाड हाम्रो संस्कृति हो, पहिचान हो । बिदा कटौती गर्ने सरकारको निर्णयले हाम्रो पहिचान खोसिएको अनुभुति भएको छ ।’

धार्मिक हिसाबले मुस्लिम समुदाय नेपाल तेस्रो ठूलो समुदाय रहेको उल्लेख गर्दै उनले साझा नेपालीको संस्कृतिमा ठेस नपु¥याउन आग्रह गरे ।कार्यक्रममा संघका महासचिव मुख्तर अहमदले वर्तमान सरकारले गणतन्त्र, लोकतन्त्रमाथि नै प्रहार गरेको बताए । ‘सरकारले विभिन्न वर्ग, समुदायको अधिकार खोस्ने काम गरेको छ’, उनले भने, ‘जाती समुदायको चाडपर्वमा दिदै आएको बिदा खोसेर सरकारले अलोकतान्त्रिक र हेपाहा क्रुर शासन लादेको छ ।’

मुस्लिम संघले आफ्नो समुदायको मात्र नभै अन्य समुदायको चाडबाडमा कटौती गरेकोे विदा पुनस्र्थापना गर्नुपर्ने तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्