| आइतवार, कार्तिक २९, २०८३

संविधानको परिधिमै रहनुपर्छ पत्रकारिता ः सञ्चारमन्त्री

ईदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले मुश्लिम धर्मावलम्बीहरूको चाड ईदमा सार्वजनिक बिदा दिने भएको छ।

मन्त्रिपरिषद बैठकले गरेको निर्णय सुनाउँदै बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले  जेठ २३ गते पर्ने ईदमा सार्वजनिक बिदा दिने  निर्णय भएको जानकारी दिएका हुन्।

ईदमा बिदा काटेको भन्दै नेपाल मुश्लिम संघले सरकारलाई सात दिने अल्टिमेटम दिएको थियो।

संघले सातै प्रदेशका मुख्यमन्त्रीलाई बिदाको व्यवस्थाका लागि पहल गरिदिन ज्ञापन पत्र बुझाएको थियो।

यसअघि केपी शर्मा ओली सरकारले नै बिदा कटौती गरेको थियो।

प्रतिक्रिया दिनुहोस्