| आइतवार, कार्तिक २९, २०८३

च्याङ्लीमा सिलिन्डर विस्फोट

पालुङटार नगरपालिका ७ च्याङ्लीको पोखरेली गाउँमा एल. पी. ग्यास सिलिन्डर विस्फोट भएको छ । सविता कुमालको घरमा बिहान करिब ७ बजे सिलिण्डर विस्फोट भएको हो । रेगुलेटरबाट ग्याँस लिक भएर बिस्फोट भएको अस्थायी प्रहरी पोष्ट बिरूवाटारका इन्चार्ज मदन आचार्यले बताए । विस्फोटमा ईश्वर कुमाल सामान्य घाइते भएका र करिब १० लाख बराबरको क्षति भएको स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्