
बुद्ध जयन्तीको अवसरमा विभिन्न कार्यक्रम
वैशाख शुक्ल पूर्णिमाका दिन शनिवार २५६३ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनार्ईएको छ ।
गोरखा बौद्ध समुहको आयोजना सदरमुकाममा शान्ती ¥याली तथा पुजाआजा भएको छ । खेलकुद मैदान देखी सतिपिपलको गुम्बा सम्म ¥याली पछि पुजाआजा भएको हो । विशेष कार्यक्रमका साथ भएको पुजाआजामा लामा गुरुका साथै बौद्ध धर्मावलम्बीहरुले पुजा आराधना गरेका थिए । कार्यक्रममा सहभागीहरुले विश्व शान्तीको कामना सहित दिप प्रज्वलन पनि गरेका थिए ।
गोरखा बौद्ध समुहका अध्यक्ष विष्णु थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । भगवान् बुद्धले बुद्धत्व प्राप्त गरेको मुख्य कुरा चार आर्य सत्य रहेका छन् ।
जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गरेका लामा गुरुहरुले बताएका छन् । यसलाई बुद्धले दिएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । यसैगरी चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु भन्ने उपदेश पनि बुद्धले दिएका उनिहरुले बताएका छन् । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।
यसैबिच, गोरखाका बराम समुदायले चण्डिपुर्णिमा पर्व मनाएका छन् । बराम समुदायको ठुलो पर्वका रुपमा मनाईने चण्डिपुर्णिमा कुल देवतालाई भाले र कन्या पोथी कुखुराको बली दिइन्छ । दिवगंत आत्माको लागि वायु पुजा गर्ने गरिन्छ । पुरुष मृत आत्माको लागि भाले र महिला मृत आत्माका लागि पोथी कुखुराको बली खलकको जेष्ठ पुरुष सदस्यबाट दिने चलन छ । गोरखाको थुमी, आरुआर्बङ, आरुपोखरी, आरुचनौटे, स्वाँरा, पाँचखुवा देउराली, पन्द्रुङ, मसेल, ताकुकोट, ताकुमाझ लाकुरीवोट, बगुवा, श्रीनाथकोट, छोप्राक, थालाजुङ, फुजेल, नाम्जुङ, धुवाँकोट, च्याँङ्ली लगायतका ठाउँमा बरामहरुको बाक्लो बसोबास छ ।




