
नेकपा जिल्ला कमिटिले पुर्णता पायो , एक सय ४५ सदस्यद्वारा सपथ ग्रहण
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाको जिल्ला कमिटिले पुर्णता पाएको छ । प्रस्तावित सदस्यको नाम प्रदेश कमिटिले अनुमोदन गरेपछि जिल्ला कमिटिले पुर्णता पाएको हो ।

जिल्ला कमिटि सदस्यमा पुर्व माओबादीका ८४ र पुर्व एमालेका ६१ जना चयन भएका छन् । बुधबार जिल्ला पार्टी कार्यालय पाटेचौरमा आयोजित कार्यक्रममा उनिहरुलाई सपथ गराईएको छ । जिल्ला कमिटिको अध्यक्षमा पुर्व माओबादीका लेखबहादुर थापा र सचिवमा पुर्व एमालेका प्रेम गुरुङ चयन भैसकेका थिए । सदस्यको सपथ लगत्तै बसेको नेकपाको जिल्ला कमिटिको पहिलो बैठकले बुढिगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाट क्षमतामा नै निर्माण शुरु गर्न संघिय सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोजनाको मुआब्जा छिटो निर्धा रण गरि वितरण गर्न पनि उसले माग गरेको छ । बैठकले सामागाउँ र छेकम्पार हुँदै तिब्बत जाने नाका ब्यबस्थित गरि सधैका लागि खुल्ला गर्न पनि माग गरेको छ । गोरखालाई पर्यटकिय जिल्लाका रुपमा विकास गर्न प्रदेश र संघ सरकारलाई ध्यानाकर्षण गराउने पनि निर्णय भएको जिल्ला अध्यक्ष लेखबहादुर थापा मगरले जानकारी दिए । यस्तै, वडा कमिटि ब्यबस्थित गरी सदस्यता अद्याबधिक गर्ने पनि बैठकले निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष मगरको अध्यक्षतामा भएको बैठकमा नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठ, नेकपाको प्रदेश कमिटिका सह इञ्चार्ज खगराज अधिकारी, केन्द्रिय सदस्य हरीराज अधि कारी, रामशरण बस्नेत, कृष्ण धिताल, परशुराम रम्तेल लगायतको उपस्थिती थियो ।




