
गोरखामा ४.५ रेक्टरको भुकम्प
गोरखको भिमसेन थापा गाउँपालिका केन्द्रविन्दु बनाएर भुकम्प गएको छ । मंगलबार दिउँसो १२ ः ३६ मा ४.५ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । गोरखा सहित तनहुँ लगायतका जिल्लामा पनि भुकम्पको धक्का महसुस गरिएको थियो । यो २०७२ सालको भुकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।




