
गोरखाका दुई ठुला गोरखा –घ्याम्पेशाल सडक र लुइँटेल–भच्चेक सडक धमाधम कालोपत्रे
अनुपमा खनाल :
गोरखामा दुईवटा सडक धमाधम कालोपत्रे भैरहेको छ । ३१ किलोमिटरको लुईटेल भन्ज्याङ(नयाँगाउँ सडक र १५.४ किलोमिटरको गोरखा(घ्याम्पेशाल गरी करीब ४७ किलोमिटर सडक कालोपत्रेको काम धमाधम भइरहेको हो ।
८.२ किलोमिटरको ताकुकोट हुडीँखोला सडक एकसाताभित्र कालोपत्रे सुरु गर्ने तयारी गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख रामशरण आचार्यले जानकारी दिए । यी सबै सडक एसियाली विकास बैंक(एडिबी)को आर्थिक सहयोगमा कालोपत्रे भएका उनले बताए ।
लुईटेल भन्ज्याङ(नयाँगाउँ सडक दुई खण्डमा विभाजन गरेर काम भैरहेको छ । पहिलो खण्ड अन्तरगत लुईटेल भन्ज्याङदेखि चित्रेपोखरीसम्म १८ किलोमिटर पर्दछ । यो खण्ड ४० करोड ४१ लाख १४ हजार रुपैयाँको लागतमा लामा अमर जेभीले कालोपत्रे गर्दैछ । सो खण्डको लुईटेलभन्ज्याङदेखि पण्डितगाउँसम्म ३.५ किलोमिटर सडक कालोपत्रे भैसकेको छ । हालसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको कार्यालयका प्रमुख आचार्यले बताए ।
दोस्रो खण्डमा चित्रेपोखरीदेखी नयाँगाउँसम्म १३ किलोमिटर सडक लामा कन्स्टूक्सनले २८ करोड ८५ लाख २ हजार रुपैयाँको लागतमा कालोपत्रे गर्दैछ । यो खण्डमा १.५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भैसकेको छ । हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको कार्यालयका प्रमुख आचार्यले जानकारी दिए ।
एडिबीको आर्थिक सहयोगमा भूकम्पीय आपतकालीन सहायता आयोजना अन्तर्गत करीव ३१ किलोमिटर लामो सो सडकको स्तरोन्नतिको काम सन् २०१७ को जनवरीबाट शुरु भएको हो । गएको माघ १० सम्ममा सडक कालोपत्रेको काम नसकिएपछि दोस्रो पटक म्याद थप गरेर कालोपत्रेको काम भैरहेको हो । डेढ महिनाभित्र सक्ने गरि दुई साताअघिबाट सडक कालोपत्रेको काम शुरु भएको थियो ।
नयाँगाउँदेखि भच्चेकको सिरानडाडाँसम्मको सडक भने आउदो बर्ष चैतसम्ममा कालोपत्रे हुने भएको छ ।
१३.८ किलोमिटर सडक लामा कन्स्टूकसनले कालोपत्रे गर्ने भएको हो । राष्टिूय पुनर्निमाण प्राधिकरणको कोष मार्फत २५ करोड ९ लाख ५७ हजार रुपैयाँको लागतमा सडक कालोपत्रे हुने भएको हो । पाँच महिनाअघिबाट निर्माण सुरु भएको सो सडकको हालसम्म ३५ प्रतिशत प्रगति रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख आचार्यले जानकारी दिए । भूकम्पीय आपतकालीन सहायता आयोजना अन्तरगत नै ताकुकोटको बहाँकोटदेखि स्वाँराको हुँडीखोलासम्म ८.२ किलोमिटर सडक एक साताभित्रै कालोपत्रे सुरु गर्ने तयारी भएको छ । यो खण्ड २० करोड ८१ लाख ६३ हजार रुपैयाँको लागतमा तामाङ कुमार जेभीले कालोपत्रे गर्दैछ । यो सडकको ६० प्रतिशत भौतिक प्रगति रहेको छ । यि सडकहरु एक मिटर नाला सहित ६ दशमलब २५ मिटर चौडाईका बन्नेछन् । जसमा औसत ४.२ किलोमिटर कालोपत्रे रहनेछ ।

गोरखा घ्याम्पेसाल सडक अन्तर्गत पहिलोखण्डको कालोपत्रे बुधबारबाट सुरु भएको हो ।
पहिलो खण्ड अन्तर्गत फिनामबाट ताप्लेको कटुसघारीसम्मको ५ दशमलव २ किलोमिटर सडक कालोपत्रे भैरहको धादिङबेशी आरुघाट गोरखा सडक योजनाका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए ।




