| आइतवार, कार्तिक २९, २०८३

गोरखा–घ्याम्पेशाल सडक कालोपत्रे सुरु

अनुपमा खनाल :
गोरखा घ्याम्पेसाल सडक अन्तर्गत पहिलोखण्डको कालोपत्रे बुधबारबाट सुरु हुने भएको छ । पहिलो खण्ड अन्तर्गत फिनामबाट ताप्लेको कटुसघारीसम्मको ५ दशमलव २ किलोमिटर सडक कालोपत्रे हुन लागेको हो । घ्याम्पेसालबाट फिनामसम्मको १५ दशमलव ४ किलोमिटर सडक कालोपत्रे गर्ने काम दुई वटा ठेकेदार कम्पनी मार्फत भैरहेको छ । नेपाल आदर्श तामाङ जेभीले घ्याम्पेसालबाट गोरखा सदरमुकामतर्फको १०.२ किलोमिटर सडक कालोपत्रे गर्नेछ ।

हरेक दिन १० देखि ४ बजेसम्म यातायात बन्द

बाँकी ५.२ किलोमिटर कालोपत्रेको ठेक्का बज्रगुरु सिनर्जी जेभी नामको निर्माण कम्पनीले पाएको छ । एशियाली विकास बैङ्कसँगको ऋण सम्झौता अनुसार आउँदो असार ९ गतेसम्ममा सो खण्ड कालोपत्रे भैसक्ने छ ।
स्तरोन्नतिको काम पूरा हुँदा घ्याम्पेसालबाट कोखेआहालेसम्मको सडक ७ मिटर चौडाईको बन्नेछ त्यसमध्ये पाँचमिटर कालोपत्रे हुनेछ । सडक कालोपत्रे अवधिभर गोरखा सदरमुकामबाट फिनाम हुँदै घ्याम्पेसालतर्फको बाटोमा सवारी साधन अवरुद्ध गरिने निर्माण ब्यवसायीले बताएका छन् । बिहान १० देखि अपरान्ह ४ वजेसम्म गाडी रोकैरै कालोपत्रे गरिने आयोजना प्रमुख नविनमान श्रेष्ठले जानकारी दिए ।
सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको यातायात ब्यवसायी समिति गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्