
कांग्रेसका सभापति देउवालाई हदैसम्मको कारबाही गर्न महासमिति सदस्य बजगाईँको उजुरी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हदैसम्मको कारबाही गर्न कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईँले माग गरेका छन् । बिहिबार पार्टीको केन्द्रीय अनुशासन समितिमा बजगाइँले सभापतिले बारम्बार पार्टीको हित बिपरीत काम गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका हुन् ।
बजगाईँले उजुरीमा ‘सरकार निर्माण र बिघटनहरुमा लोकतान्त्रिक पद्धतिहरुको प्रचुर दुरुपयोग गरेको’ आरोप लगाएका छन् । साथै दोस्रो संविधान सभाको चुनावमा पहिलो पार्टी बनेको नेपाली कांग्रेसलाई पछिल्लो पटकको चुनावबाट शर्मनाक हार गराएको’ आरोप लगाएका छन् ।


साथै प्रमुख प्रतिपक्षी दलका नेता भएर पनि सरकारको विवादित नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गराउन सक्रिय भूमिका निर्बाह गरेको भन्दै उनले उजुरीमा हदैसम्मको कारबाही गर्न अनुशासन समिति समक्ष माग गरिएको छ ।
केन्द्रीउ अनुशासन समितिले महासमिति सदस्य बजगाईँको उजुरीलाई ११५ नंबरमा दर्ता गरेको जनाएको छ ।

बजगाईँ गोरखा क्षेत्र नं. १ को भीमसेन थापा गाउँपालिका मसेलका हुन् ।




