
विप्लवको पार्टी राजनीतिक शक्ति नै हो : नेता श्रेष्ठ
किरण लोहनी :
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव नेतृत्वको नेकपा राजनीतिक शक्ति भएको बताएका छन् । सरकारले लुटपाट र आगजनीका घटना गरेको भन्दै सो पार्टीका गतिविधिमा प्रतिवन्ध लगाएको बेला सत्ताधारी दलका प्रवक्ता श्रेष्ठले भने विप्लव नेतृत्वको नेकपालाई राजनीतिक शक्तिका रुपमा ब्यवहार गर्नुपर्ने बताएका हुन् । ‘राजनीतिक शक्तिकै रुपमा उसले राजनीतिक लक्ष्य राखेको छ, त्यसको लागि राजनीतिक लाइन पारीत गरेको छ’ गृहजिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘उहाँहरुका क्रियाकलाप चाहिँ गलत छ । त्यस्ता क्रियाकलापले संविधानको कार्यान्वयनमा नकारात्मक भूमिका खेल्छ ।’
सरकारले सो पार्टीसँगको वार्ताको ढोका खुल्लै राख्नुपर्ने पनि बताए । सो समूह तयार भएको अवस्थामा सरकार वार्ताको ढोका बन्द गरेर नबस्ने श्रेष्ठले बताए । ‘उहाँहरु वार्ताका निम्ति तयार हुनासाथ जुनसुकै बेला वार्ता हुन्छ, सरकार पनि आफ्ना तर्फबाट वार्ताका लागि खुल्ला हुनुपर्छ’ उनले भने ‘अब हिजो मात्रै पनि प्रधानमन्त्रीले संविधानको दायराभित्र आउन अनुरोध गर्नुभएको छ । सरकारका विभिन्न मान्छेहरुले पनि वार्ताको लागि आब्हान गरिरहनु भएकै छ । संविधानको कार्या न्वयन मा अप्ठ्यारो पार्ने, सामाजिक आर्थिक रुपान्तरणका काममा अप्ठ्यारो पार्ने, अस्थिरता र अराजकता बढाउँदै शान्ति सुरक्षामा खलल पु¥याउने गतिविधिलाई सरकारले प्रशासनिक कोणबाट नियन्त्रण गर्न मात्रै खोजेको हो ।’ नेकपा प्रवक्ता श्रेष्ठले भने । उक्त पार्टीलाई राजनीतिक शक्तिकै रुपमा ब्यवहार गर्नुपर्ने श्रेष्ठको भनाई छ । ‘राजनीतिक शक्तिकै रुपमा उसले राजनीतिक लक्ष्य राखेको छ, त्यसको लागि राज नीतिक लाइन पारीत गरेको छ’ उनले भने, ‘क्रियाकलाप चाहिँ गलत छ, उहाँहरुका त्यस्ता क्रियाकलापले संविधाको कार्यान् वयन मा नकारात्मक भूमीका खेल्छ ।’ विप्लव माओवादीका विषयमा सरकारले गरेको निर्णयबारे पार्टीभित्र आन्तरिक छलफल हुनुपर्नेमा पनि नेकपा प्रवक्ता श्रेष्ठको जोड छ । पार्टीमा छलफल नै नगरी सरकारले हतारिएर निर्णय ग¥यो भन्ने तपाईको बुझाई हो भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ‘पार्टीमा छलफल भएपछि एउटा निष्कर्षमा पुगौंला, तर पार्टीमा पार्टीमा छलफल भएर सरकारले निर्णय गरेको चाहिँ होइन, बाहिर चर्चामा आएजस्तो वार्तानै नगर्ने, प्रतिवन्धै लगाएको भन्ने चाहिँ होइन ।’ विप्लव नेतृत्वको पार्टीसँग वार्ताका लागि सरकार पनि खुल्ला रुपमा आउनु पर्ने उनको भनाई छ । सो समूह तयार भएको अवस्थामा सरकार वार्ताको ढोका बन्द गरेर नबस्ने श्रेष्ठले बताए । ‘उहाँहरु वार्ताका निम्ति तयार हुनासाथ जुनसुकै बेला वार्ता हुन्छ, सरकार पनि आफ्ना तर्फबाट वार्ताका लागि खुल्ला हुनुपर्छ । ’ उनले भने, ‘ अब हिजो मात्रै पनि प्रधामन्त्रीले संविधानको दायराभित्र आउन अनुरोध गर्नुभएको छ । सरकारका विभिन्न मान्छेहरुले पनि वार्ताको लागि आब्हान गरिरहनु भएकै छ ।’ उनले शान्तिपूर्ण बाटोबाट लोकतान्त्रिक प्रक्रियामा आउन विप्लव नेकपालाई आग्रह गरे । सो पार्टीले संविधानले निषेध गरेका क्रियाकलाप गर्दा अहिलेको परिवर्तनलाई खोस्न चाहनेहरुलाई बल पुग्ने र नागरिकलाई दुखमात्रै हुने भएकाले शान्तिपूर्ण बाटोबाट राजनीतिक लाइनलाई जनता समक्ष राख्न श्रेष्ठको आग्रह छ । ‘अहिलेको उपलब्धीलाई रक्षा गर्न, त्यो उपलब्धीलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तार गर्न, शान्तिपूर्ण र प्रतिस्पर्धाको बाटोबाटै समाजवाद निर्माणको बाटोमा जाने स्थिति बनाउँछौं ।’ श्रेष्ठले भने, ‘सरकार संविधानको रक्षाका लागि लाग्छ, प्रतिगमनलाई आधार बनाउने कुनै गतिविधिलाई भने सरकारले छोड्दैनँ ।’ फरक प्रसङगमा श्रेष्ठले नेकपाका अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्कनासाथ पार्टीको साँगठनिक एकताको काम अघि बढ्ने बताए । केही मन्त्री हेरफेर गर्दै सरकार पुनर्गठन गर्ने नेकपाका अध्यक्षद्धयले तयारी गरिरहेको पनि उनको भनाई छ । एक वर्षको अवधीमा सरकारले केही सकारात्मक कामको थालनी गरेको भन्दै उनले कमजोरीहरुलाई सच्याउनु जरुरी रहेको बताए । नागरिकको अपेक्षा अनुसार भने सरकारले काम गर्न नसकेको नेकपा प्रवक्ता श्रेष्ठको भनाई छ ।




