
गोरखाका पत्रपत्रिकाले आज के छापे ?
गोरखाबाट आज दरौंदी दैनिक, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् ।

दरौंदी दैनिकले फस्टाइरहेको गोरखा आयुर्वेद कम्पनीको खबरलाई मुख्य बनाएको छ । त्यस्तै हिजो सम्पन्न पालुंटार मेयर कप फुटबल प्रतियोगिताको नतिजा गोरखा नगरपालिकाले हात पारेको खबरलाई पनि पहिलो पेजमा छापेको छ ।









