
गोरखाका पत्रपत्रिकाले आज के छापे ?
गोरखाबाट आज दरौंदी दैनिक, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् ।

दरौंदी दैनिकले बारपाकमा भीसीको सालिक राखिएको, गोरखाको पर्यटन विकासका लागि पोखरामा छलफल भएको र पालुंटारमा सञ्चालित मेयर कप फुटबल प्रतियोगिताको समाचार मुख्य पेजमा छापेको छ ।









