
सााना सहरी खानेपानीलाई प्राधिकरणको एकहप्ते अल्टिमेटम
नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले बक्यौता तिर्न पृथ्वी नारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई एकहप्ते अल्टिमेटम दिएको छ । लामो समयदेखि विद्युत महसुल नबुझाएकाले आयोजना लाई अल्टिमेटम सहितको पत्र पठाएको कार्यालयका सहायक लेखा अधिकृत रामचन्द्र ढकालले जानकारी दिए । महसुल भुक्तानी का लागि मौखिक तथा लिखित अनुरोध गर्दापनि संस्थाले वेवास्ता गरेको उनको भनाई छ । कार्यालय का अनुसार आयोजनाले १३ लाख ८९ हजार ३९५ रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । एक हप्ताभित्र वक्यौता रकम नबुझाए लाईन काट्ने प्राधिरकणले जनाएको छ ।




