| आइतवार, कार्तिक २९, २०८३

गोरखाबाट प्रकाशित पत्रिकाहरुले आज के छापे ?

गोरखाबाट प्रकाशित दरौंदी दैनिकले आज गाउँपालिकास्तरमा गठित न्यायिक समितिको चुनौतीको खबरलाई पहिलो खबर बनाएको छ । त्यस्तै गण्डकी प्रदेश सरकारले गोरखामा निर्माण गर्न लागेको पुल र झोलुंगे पुलको खबर पनि पहिलो पृष्ठमा छापेको छ ।

त्यस्तै गोर्खाली रनिङकप आजदेखि भन्ने र महिला हिंसाको खबर पनि छापेको छ ।

सुरुवात दैनिकले आजबाट सुरु हुने गोर्खाली कप फुटबलको खबर र जोखिममा परेका भूकम्प पीडितलाई सहयोगको खबर छापेको छ ।


त्यस्तै गोरखा समाचार दैनिकले सिरानचोक गाउँपालिकाले शिक्षकहरुको दरबन्दी मिलान गर्ने खबरलाई पहिलो पेजमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्