| आइतवार, कार्तिक २९, २०८३

गोरखा बजारमा सहिद लखन थापाको सालिक निर्माण, सहिद लखन जन्मस्थलमा बिबिध कार्यक्रम

अनुपमा खनाल :

गोरखा नगरपालिका ६ हस्पिटल चोकमा नेपालका प्रथम सहिद लखन थापा मगरको सालिक अनावरण गरिएको छ । १४२ औं लखन स्मृति दिवसका अबसरमा विहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सालिकको अनावरण गरे । सालिक अनावरण गर्दै उनले आगामि बर्षदेखि प्रदेश सरकारले औपचारिक रुपमा लखन स्मृति दिवस मनाउने प्रतिबद्धता ब्यक्त गरे । हस्पिटलचोकदेखि काहुलेभंगारसम्मको सडकलाई लखन थापा मार्गका रुपमा नामकरण गरी स्तरोन्नती गर्ने पनि उनले बताए । ११ लाख रुपैयाँको लागतमा अर्धकदको ढलौटको सालिक स्थापना गरिएको प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठान ले जनाएको छ । सालिक निर्माणका लागि गोरखा नगरपालिकाले ५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । बाँकी ६ लाख रुपैयाँ प्रतिष्ठानकै तर्फबाट खर्च गरिएको प्रतिष्ठान का अध्यक्ष रुलबहादुर आले मगरले जानकारी दिए ।
प्रथम शहीद लखन थापाको जन्मथलो बुंकोटको काहुलेभंगार जाने मुख्य प्रबेशद्वार भएकाले हस्पिटल चोकमा सालिक स्थापना गरिएको उनको भनाई छ । गोरखा नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा सालिक स्थापना गरिएको हो । प्रतिष्ठानका अध्यक्ष रुल बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, नेकपाका प्रदेश सदस्य प्रेम गुरुङ, नेपाली कांग्रेसका कोषाध्यक्ष कृष्णबहादुर आले, नयाँ शक्ति पार्टीका रोहित पाण्डे, राप्रपाका कुलबहादुर बस्नेत, नेपाल मगर संघका केन्द्रीय सह कोषाध्यक्ष कृष्ण राना मगर, आदिबासी जनजाती जिल्ला समन्वय परिषदका अध्यक्ष विष्णु राना, उद्योग वाणिज्य संघका अध्यक्ष जिवनज्योती श्रेष्ठ, पत्रकार महासंघ गोरखाका उपाध्यक्ष दिपक श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
नेपालका प्रथम शहिद लखन थापामगरको १ शय ४२ औं स्मृति दिवस उनको जन्मस्थल बुंकोटको काहुलेभंगारमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । शहिद लखन गाऊँपालीकाको आयोजनामा थापालाई फाँसी दिइएको स्थान बुंकोटको काहुले भंगारमा स्मृतिसभा लगायतका कार्यक्रम भएको हो । कार्यक्रमका वक्ताहरुले लखन स्मृति दिवसलाई राष्टिूय दिवसको मान्यता दिँदै सार्वजनिक विदा दिन माग गरेका छन् । सरकारले लखन थापालाई राष्टिूय विभूतीको रुपमा सम्मान गर्न र लखन थापासँगै सहादत प्राप्त गरेका जैयसिं चुमि रानालाई पनि सहिद घोषणा गर्नु पर्ने वक्ताहरुको माग छ । कार्यक्रममा कलाकार दिपसागर थापा, शर्मिला गुरुङ, सरु थापा लगायतले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । लखन स्मृति दिवसकै अवसरमा शहिद परिवार तथा जग्गा दाताहरुलाई सम्मान गरिएको शहिद लखन गाऊँपालीकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेमगरले बताए । लखन स्मृति दिवसकै अबसरमा आयोजित विद्यालय स्तरिय प्रथम लखन कप २०७५ मा जनशक्ति मावि नाम्जुङ पहिलो, शहिद स्मृति मावि बुंकोट दोस्रो र हिमालय मावि घैरुङ तेस्रो भएका छन् । विजेता विद्यालयहरु लाई सोही कार्यक्रममा पुरस्कृत गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र परियारले बताए।
गाऊँपालीका अध्यक्ष रमेश थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभाका सांसद हरीराज अधिकारी, नेकपाका मनोजकुमार जोशी, नेपाली कांग्रेसका खुनप्रसाद रेग्मी, राप्रपाका नेत्रबहादुर थापा, नयाँ शक्तिका रोलबहादुर आले, समाजसेवी कृष्ण आले, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष धुब्र भट्ट लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम शुरु हुनुअघि स्थानिय आमा समुह, क्लब र स्थानिय बासिन्दाको ¥यालीले बुंकोटको विभिन्न भाग परिक्रमा गरेका शिक्षा शाखा प्रमुख परियारले बताए ।

प्रतिक्रिया दिनुहोस्