| आइतवार, कार्तिक २९, २०८३

गोरखाका पत्रपत्रिकाले आज के छापे ?

गोरखाबाट प्रकाशित दरौंदी दैनिकले नयाँ डनवादलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई मुख्यमन्त्रीले दिएको निर्देशनलाई पहिलो खबर बनाएको छ ।

त्यस्तै गोरखाका बिभिन्न चार नदीबाट जनताको लगानीमा विद्युत उत्पादन गर्ने सरकारको निर्णयलाई पनि पहिलो पृष्ठमा छापेको छ । त्यसै गरी बालुवामा सञ्चालित अजीरकोट कपको उपाधि बालुवा युवाक्लवले हात पारेको खबरलाई पनि पहिलो पेजमा छापेको छ ।

त्यस्तै सहिद लखनथापाको १४२ औं स्मृति दिवस, दलभञ्ज्याङमा फुटबल तथा सांस्कृतिक मेला हुने खबर र जापानी एक संस्थाले पालुङ्टारका विद्यालयमा सहयोग गरिरहेको बिषयलाई पनि खबर बनाएर छापेको छ ।
त्यस्तै सुरुवात पत्रिकाले मुख्यमन्त्रीले गोरखामा बोलेको कुरा तान्द्राङका दुई युवाले गरेको कृषि पेशाको खबरलाई पहिलो पेजमा छापेको छ ।



त्यस्तै गोरखा समाचार दैनिकले मुख्य मन्त्रीको भाषणलाई र दलभञ्ज्याङमा हुने फुटलब मेलाको खबरलाई पहिलो पेजमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्