| आइतवार, कार्तिक २९, २०८३

गोरखाका पत्रपत्रिकाले आज के छापे ?

आज नेपालका प्रथम सहिद लखन थापाको स्मृति दिवस, गोरखाबाट प्रकाशित दरौंदी दैनिकले आज नेपालका प्रथम सहिद लखन थापाको खबरलाई पहिलो प्राथमिकतामा राखेर छापेको छ ।

त्यस्तै गोरखाका स्थानीय सरकारको विकास बजेट खर्च गर्ने क्षमता कमजोर भन्ने समाचार पनि पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

त्यसैगरी सुरुवात दैनिकले गोरखा क्याम्पसको सूचना प्रविधिको अव्यबस्था बारे प्रथम पृष्ठमा खबर छापेको छ भने सहिद लखन थापाको बिषयलाई पनि पहिलो पेजमा नै छापेको छ ।


त्यस्तै गोरखा समाचार दैनिकले पालुङ्टारको न्यायिक समितिमा जग्गाका मुद्दा धेरै आउने गरेको र नेकपाको २४ औं जनयुद्ध दिवसको खबरलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्