| आइतवार, कार्तिक २९, २०८३

प्रदेश सरकारबाट गोरखामा ३८ सडक ट्रयाक खोल्नेदेखि कालोपत्रेसम्मका योजना

यसबर्ष गण्डकी प्रदेश सरकारले गोरखामा ३८ वटा सडक निर्माण तथा स्तरोन्नतीको काम गर्ने भएको छ ।
भौतिक पूर्वाधार निर्माण मन्त्रालयले तीन अलग अलग शीर्षकमा प्रदेशले सडकका लागि बजेट बिनियोजन गरेको हो । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत तीन वटा सडकको स्तरोन्नती र एउटा नयाँ सडक निर्माण को काम हुने भौतिक पूर्वाधार निर्माण मन्त्रालयले जनाएको छ । एक निर्वाचन क्षेत्र एक सडक शीर्षकमा दुईकरोड दसलाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । त्यस्तै प्रादेशिक सडक अन्तर्गत १८ वटा सडक निर्माण तथा स्तरोन्नती हुने मन्त्री राम शरण बस्नेतले जानकारी दिए ।
प्रादेशिक सडक क शीर्षकमा एउटा मात्र रुइलाभञ्ज्याङ, साम्दो, सामा, ल्हो, प्रोक, बिही, सिर्दिबास सडक निर्माण हुने भएको छ । सो सडकका लागि चार करोड रुपैयाँ बिनियोजन भएको मन्त्री बस्नेतले जानकारी दिए ।

एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत दुईकरोड दसलाख रुपैयाँ बजेट, तीन वटा सडकको स्तरोन्नती, त्यस्तै प्रादेशिक सडक अन्तर्गत १८ वटा सडक निर्माण तथा स्तरोन्नती,
प्रादेशिक सडक क शीर्षकमा एउटा सडक चार करोड रुपैयाँ बिनियोजन
प्रादेशिक सडक ख शीर्षकमा छ वटा र प्रादेशिक सडक ग शीर्षकमा ११ वटा सडकको काम हुने

प्रादेशिक सडक ख शीर्षकमा छ वटा र प्रादेशिक सडक ग शीर्षकमा ११ वटा सडकको काम हुने पनि उनले बताए । प्रादेशिक सडक ख शीर्षकमा एक करोड र प्रादेशिक सडक ग शीर्षकमा ५० लाख रुपैयाँ बिनियोजन भएको मन्त्री बस्नेतले बताए । उनका अनुसार साझेदारी सडक शीर्षकमा १६ वटा निर्माण तथा स्तरोन्नती हुने भएका छन् । सो शीर्षकमा ३० लाख रुपैयाँ बिनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत ढुङ्गागाडे भञ्ज्याङ, बुङ्कोट, नामजुङ घैरुङ्ग मनकामना सडक स्तरोन्नती, राधा कृष्ण मन्दिर, कालामाटा पौवाटार विरुवाटार मिलनचोक सल्लाङ गिरी हटिया मजुवा मोटर बाटो कालोपत्रे, वारपाक लाप्राक गुम्दा माछाखोला सडक निर्माण तथा कालोपत्रेका लागि पनि बजेट बिनियोजन भएको छ ।. सोही शीर्षकमा अजिरकोट गा.पा. को वडा नं. ४ ढोडनी हुँदै सिम्जुङ गोगनपानी मल्ले गाउँपालिकाको केन्द्र भच्चेक जोड्नेका लागि दुई करोड १० लाख रुपैयाँ बिनियोजन भएको छ ।
प्रादेशिक सडक क शीर्षकमा रुइला भन्ज्याङ्ग साम्दो ल्हो प्रोक बिही सिर्दिवास सडकका लागि चार करोड बिनियोजन भएको छ । त्यस्तै प्रादेशिक सडक ख शीर्षकमा सिउरेनीटार फिस्लिङ बुट्टार मनकामना खैरेनी सडक, पालुङटार केराबारी बुधसिंहटार दुधपोखरी सडक, अबुवा बिर्दी पौवाटार कालामाटा एयरपोर्ट सडक, लाप्राक सिंङ्ला उहिया सडक, काशीगाउँ केरौजा हुल्चुक सडक निर्माण तथा स्तरोन्नती हुने भएका छन् । सोही शीर्षकमा नारेश्वर, पणिनी चौतारा निबेल सडक कालोपत्रे हुने भएको छ । बजेट भने यो बर्षका लागि दुई करोड रुपैया बिनियोजन भएको छ । अरु बजेट क्रमागत रुपमा आउने मन्त्रालयले जनाएको छ ।
जनप्रतिनिधिकै निर्देशनमा माटो हालेर ग्राबेल !
ग बर्गको प्रदेश सडक अन्तर्गत कयापानी चौतारा धावा आरुघाट सडक प्रादेशिक सडक, चनौटे लाकुरीबोट पाल्खु सडक, आरुघाट फूलपाती भन्ज्याङ, स्वारागाउँ लापु सडक, झिंगटे अश्राङ बोर्लांग महादेवटार सडक, ग्याजी रातमाटे खार्चोक भन्ज्याङ भण्डारीगाउँ सडकका लागि ५०÷५० लाख रुपैँया बजेट बिनियोजन भएको छ । त्यस्तै सोही शीर्षकमा मुसेखोला दानीगाउँ नामरुङ गाउँपालिका केन्द्र (सिरानचोक) सडक, भच्चेक लप्सीबोट खरीबोट केप्रुङ ओलांङ सडक, लापुगाउ लापुबेसी सडक प्रादेशिक सडक, लक्ष्मी बजार घैरुङ सडक, आरुघाट आरुपोखरी पाँचखुवा देउराली सडक, फिस्लिङ भुम्लिचोक गाउँपालिका केन्द्र सडकका लागि ५० लाख रुपैयाँका दरले बजेट बिनियोजन भएको छ ।त्यस्तै प्रदेशको भौतिक पूर्वाधार निर्माण मन्त्रालयले साझेदारी सडक शीर्षक अन्तर्गत १७ वटा सडकलाई ३० लाख रुपैंयाका दरले बजेट बिनियोन भएको छ । रबर उद्योग देउराली वडा नं.१४ को कार्यालय सडक, ठाटीपोखारी डुम्रेडाँडा पाँचचिहान आँपपिपल हस्पिटल आँपपिपल भन्ज्याङ सडक, देउराली बाहुनबेसी वाहमुले चिसापानी सडक, ढोडेनी सिम्जुङ, घ्याच्चोक सडक, मकैसिङ ऐनापार लामागाउँ दलभञ्ज्याङ सडक, तोलाङ बेनीगाउँ सिउरेनी सडक, उत्तिमटारी सामाचौर चापाभन्ज्याङ अमले हर्मीभञ्ज्याङ छोप्राक सडक, जुम्ली चौतारो, आवुखैरेनी रामघाट ढाँडबारी मनकामना मकैसिङ बुटार सडक, फूलपाती भञ्ज्याङ अलैचे स्वाँरा सडक, श्रीनाथकोट केराघारी गोहोरे चिप्लेटी सडक, अबुवा बक्राङ भोगटेनी मनकामना सडक, आलेबगर डँुडाटार अकला मन्दिर सडक पालुङटार ८ कार्यालय सडकका लागि बजेट बिनियोजन भएको छ । त्यस्तै कोखे आहाले सिख्रे खाँन्चोक सडक, नयाँबजार गोरखा क्याम्पस छेपेटार सडकका लागि पनि बजेट बिनियोजन भएको छ ।


‘गोरखाका लागि धेरै कार्यक्रम तथा बजेट बिनियोन भएको छ’, भौतिक पूर्वाधार मन्त्री बस्नेतले भने, ‘हाम्रो कार्यकालभरि हामी धेरै काम गर्नेछौं । हाम्रो अवधिमा गोरखाको विकासमा ठूलै फड्को मार्नेछ ।’

प्रतिक्रिया दिनुहोस्