| आइतवार, कार्तिक २९, २०८३

के के छापिए आजको गोरखाका छापाहरुमा ?

दरौंदी दैनिकमा प्रदेश सरकारबाट २८ वटा सडकका योजनामा बजेट बिनियोजन सम्बन्धी समाचार र बुंकोट ज्यादुल फाँटका किसानको खेतीबाली नष्ट पारिएको समाचार पहिलो पेजमा छापिएको छ ।


त्यस्तै दरौंदी दैनिकमा जनसंवाद कार्यक्रम गर्दै बाबुराम गोरखामा, छतिवन गैराको प्रजाबस्ती प्राबिलाई तारबार गर्न सहयोग गर्ने सांसद अधिकारीको प्रतिवद्धता, सिम्जुङको बालुवा बजारमा आयोजित अजीरकोट कम भलिबल प्रतियोगिताको खबर र गोरखा नगरपालिका ११ मा महिला नेतृत्व विकास तालिमका खबरहरु छापिएका छन् ।

त्यस्तै गोरखा समाचार दैनिकमा निबेल पालुङ्टार सडकखण्डको ठेक्का रद्द गर्दै मध्यपहाडी लोकमार्गलाई हस्तान्तरण गरिदै, गृहजिल्ला आइपुगे बाबुराम लगायतका खबरहरु छापिएका छन् ।

प्रतिक्रिया दिनुहोस्