| आइतवार, कार्तिक २९, २०८३

मध्य पहाडी राजमार्गको गोरखा खण्डमा १४ करोडको तीनवटा पुल बन्दै

अनुपमा खनाल :
पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तरगत गोरखामा यो बर्ष करीब १४ करोड रुपैयाँको लागतमा तिनवटा मोटरेबल पुल बन्ने भएको छ । ओख्ले ( निवेल खण्डमा एउटा र पालुङटार (दुधपोखरी खण्डमा दुईवटा पुल बन्ने पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारले जनाएको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तरगत गोरखामा पर्ने ६४ किलोमिटर सडकमध्ये ७० मिटर मोटरेवल पुलले ओगट्ने छ । ओख्ले ( निवेल खण्ड अन्तरगत निवेलको जराङखोलामा सात करोड ७९ लाख रुपैयाँको लागतमा पुल बन्दैछ ।

सुर्य रविन जेभीले आर्थिक बर्ष २०७३् ०७४ मा ठेक्का पारेर निर्माण शुरु गरेको हो । सम्झौता अनुसार उसले आउँदो असारसम्ममा पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । हालसम्म करीब ६० प्रतिशत काम सकिएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारका सुचना अधिकारी विष्णु प्रसाद पाण्डे बताए । ३० मिटर लम्बाई र ११ मिटर चौडाईको मोटरेवल पुल निर्माण हुन लागेको हो ।

पालुङटार दुधपोखरी खण्ड अन्तरगत पालुङटार नगरपालिका ३ को मिर्दि खोलामा दुई करोड ९५ लाख रुपैयाँको लागतमा मिर्दी पुल निर्माण भैरहेको छ । २० मिटर लम्बाई र ११ मिटर चौडाईको पुल बन्ने भएको हो । शान्ती निर्माण सेवाले आर्थिक बर्ष २०७३–७४ देखि पुल निर्माण शुुरु गरेको हो । आउँदो असारसम्म पुल बनाउनुपर्नेमा हालसम्म ४० प्रतिशत काम सकिएको सुचना अधिकारी पाण्डेले जानकारी दिए । पछिल्लो समय ठेकेदार कम्पनीले कामको गति बढाएकाले निर्धारीत समयमा पुल निर्माण हुने उनले आशा ब्यक्त गरे ।

  • साेही सडक खण्डको बोहरे खोलामा पनि पुल निर्माण हुदैछ । नाना कन्स्टूक्सन जेभिले आर्थिक बर्ष २०७३÷७४ मा ठेक्का पारेर काम थालेको सो पुल निर्माणको काम हालसम्म १५ प्रतिशत मात्रै सकिएको छ । तिन करोड २१ लाख रुपैयाँको लागतमा निर्माणाधिन पुल चालु आर्थिक बर्षमा निर्माण सम्पन्न हुनुपर्नेछ । सो पुल २० मिटर लम्बाई र ११ मिटर चौडाईको रहनेछ । निर्धारीत समयमा पुल निर्माणका लागि कार्यालयले दबाब दिईरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारका प्रमुख रमेश डिष्टीले बताए । समयमै काम सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले पनि निर्माण कम्पनीलाई सचेत बनाएको छ । निर्माण कम्पनीसँग पुल निर्माणको कार्यतालिका माग गरेका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले भने ‘तोकिएको समयमा काम नभए हामी कारबाही गर्छौ ।’
  • प्रतिक्रिया दिनुहोस्