| आइतवार, कार्तिक २९, २०८३

गोरखाबाट आज प्रकाशित पत्रपत्रिकाहरु


गोरखाबाट आज दरौंदी दैनिक, सुरुवात दैनिक र गोरखा समाचार दैनिक प्रकाशित भएका छन् ।
दरौंदी दैनिकले खानीगाउँका भूकम्प पीडितको खबरलाई पहिलो बनाएको छ । मध्यपहाडी लोकमार्गमा पुल बन्न खबरलाई दोस्रो बनाएको छ । त्यस्तै पश्चिमकालीका बासिन्दाले पर्यटन विकासमा दिएको चासोको खबरलाई तेस्रो बनाएको छ ।

त्यस्तै पृष्ठ २ मा सम्पादकीय, बालबालिकको स्वास्थ्य सम्बन्धी सामग्रीलाई पनि प्रकाशित गरेको छ ।

पृष्ठ ३ मा साहित्यकारहरु पुरस्कृत भएको खबर, हुलचुकमा चिसोका कारण बिरामी बढेका खबर र कांग्रेस नेता गगन थापाको खबर पनि प्रकाशित गरेको छ ।
र पृष्ठ ४ मा अघिल्लो पेजको बाँकी खबरहरु प्रकाशित गरेको छ ।

त्यस्तै सुरुवात दैनिकले अघिल्लो पेजमा नेता गगन थापाको भाषण, उत्कृष्ठ प्रतिभा पुरस्कृत भएको खबर छापेको छ ।






प्रतिक्रिया दिनुहोस्