| आइतवार, कार्तिक २९, २०८३

कार्यालय चेतावनी दिएको दियै ठेकेदार ठगेको ठगै बारपाक सडक कालोपत्रे ढिलाई भएकोमा स्थानीय असन्तुष्ट

अनुपमा खनाल:
आफ्नो गाउँसम्मको सडक कालोपत्रे गर्नमा ढिलाई भएको भन्दै बारपाकका बासिन्दाले असन्तुष्टि जनाएका छन् । गत असार मसान्तसम्म सडक कालोपत्रे भैसक्नुपर्ने भएपनि अहिलेसम्म काम सम्पन्न नभएकोमा उनीहरुले असन्तुष्टी जनाएका हुन् ।
एघारकिलो(छेपेटार(भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयले गोरखा बारपाक सडक कालोपत्रे गर्न विभिन्न चार ठेकेदार कम्पनीलाई जिम्मा दिएको थियो । तर ठेकेदार कम्पनीले समयमा काम नगर्दा हालसम्म समग्रमा ५० प्रतिशत मात्रै काम सकिएको एघारकिलो(छेपेटार(भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख रविन्द्रलाल दासले बताए ।
२०७२ सालको भुकम्प लगत्तै केन्द्रविन्दु समेत रहेको बारपाकमा पुगेका प्रधानमन्त्रीदेखी विभिन्न दलका नेताहरुले दुई बर्षभित्र सडक कालोपत्रे गर्ने आश्वासन दिएका थिए । तर आफुले बोलेको कुरा पुरा गर्न उनीहरुले वेवास्ता गरेका स्थानीय नरबहादुर घलेले बताए । ‘यो सडकमा ठेकेदारले साह्रै लापरबाही गरेका छन्’ उनले भने ‘नेताहरु आएर बोले गए । सडक कालोपत्रे नहुँदा बर्षा याममा बस चल्दैन । भारी बोकेर खानुपर्छ । बिरामीलाई अस्पताल पु¥याउन समस्या हुन्छ ।’
स्थानीयतह, प्रदेशसभा तथा प्रतिनिधि सभाको चुनावमा भोट माग्न आउने नेताले पनि भाषणमा सो सडक कालोपत्रेलाई प्राथमिकतामा राखेपनि काम हुन नसकेको किसराम घलेले बताए । ‘जनता भुलाउने बाटो मात्रै भो’ उनले भने ‘नेताले त ठेकेदारलाई तह लगाउन सक्नुपर्छ नि । भनेको समयमा काम नगरे कारबाही गर्नुपर्छ । यो बाटो कतैकतै बनाएजस्तो मात्रै ग¥या छ ।’ सडक कालोपत्रे नहुँदा दैनिक उपभोग्य सामाग्रीदेखि निर्माण सामग्री गाउँ पु¥याउन पनि समस्या रहेको उनले बताए । ‘घर बनाउन सिमेन्ट, बालुवा, रड ल्याउन पनि गाह्रो छ’ उनले भने ‘एकदिन पानी परे भोलिपल्ट गाडी चल्दैन । सदरमुकाममा जान बालुवा बजारसम्म हिड्नुपर्छ ।’
कामको गति हेर्दा सडक कालोपत्रे हुन अझै केहि बर्षलाग्ने अर्का स्थानीय खेम घलेले बताए । ‘नेतादेखि सडक अफिसका मान्छेसम्मलाई हामीले सडक छिटो बनाउन भनेका छाँै’ उनले भने ‘ग्राबेल, कुलो काट्ने, वाल उठाउने काम त सकिएको छैन, के पिचको कुरा गर्नु ?’ तसरापाखामा रहेको ३÷४ वटा टर्निङको बाटो तत्काल नै स्तरोन्नती गर्नुपर्नेमा उनले जोड दिए ।
गोरखा बारपाक सडकको पहिलो खण्ड १२ किलोमिटरदेखि १७.५ किलोमिटर कालोपत्रेको ठेक्का लिएर नागार्जुन त्रिशुली जेभीले २०७१ असार ३१ गतेदेखि काम थालेको थियो । गत चैतसम्म कालोपत्रे सक्नुपर्ने नागार्जुनले सम्झौता अबधिभर ७० प्रतिशत मात्रै काम सकेको छ । उसलाई काममा तिब्रता दिनका लागि कार्यालयले चेतावनीसहितको पत्र काटिसकेको कार्यालयले जनाएको छ । केहिदिनमा नागार्जुनले काम नथाले कारबाही गर्ने तयारी रहेको कार्यालयका प्रमुख दासले बताए । सो सडकको दोस्रो प्याकेज अन्तरगत १७.५ देखि २२.५ किमिसम्म को सडक कालोपत्रेको जिम्मा पाएको कन्काई जेभीले हालसम्म ६० प्रतिशत काम सकेको छ । तेस्रो प्याकेजको जिम्मा लिएको लोहनी एन्ड ब्रदर्सले निर्धारीत समयमा काम नसकेर दोस्रो पटक सम्म ठेक्का अबधि थपेको छ । थपिएको म्याद अनुसार बैशाखसम्ममा २२ किलोमिटर देखी ३० किलोमिटरसम्मको काम सक्नुपर्ने हुन्छ । तर हालसम्म करीब ५० प्रतिशत मात्रै प्रगति देखिएको छ । अन्तिम प्याकेजका रुपमा ३० देखि ४६ किलोमिटर कालोपत्रेको जिम्मा पाएको रसुवा एलाइट जेभीले ५० प्रतिशत मात्र काम सिध्याएको छ । निर्धारित समयमा काम नसकेपछि एक पटक थपिएको म्याद चैतसम्म रहेको छ । थपिएको समयमा काम पुरा गर्न निर्माण ब्यबसायीहरुलाई दबाब दिइरहेको कार्यालय प्रमुख दासले बताए । ‘काम नगर्नेलाई कारबाही गर्छौ’ उनले भने ‘हामीले काम छिटो सक्न आबश्यक सबै सहयोग गर्छौ भनेका छौ, काम नगर्नेलाई कालोसूचीमा राख्न सिफारिस गर्नेसम्मका कारबाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्