| आइतवार, कार्तिक २९, २०८३

चारबर्षपछि बारपाकमा हिउँ (फोटो फिचरसहित)

भूकम्पको केन्द्रविन्दू भनेर परिचित गोरखाको बारपाक गाउँमा चारबर्षपछि हिउँ परेको छ । करिब १९०० मिटर उचाइमा रहेको बारपाक गाउँमा सोमबार दिउसो साँढेदुईबजेदेखि हिउँ परेको स्थानीय पुर्णिमा घलेले जानकारी दिइन् । यसअघि डाँडाहरुमा मात्र पर्ने हिउँ चारबर्षपछि अहिले गाउँमा नै परेको उनको भनाइ छ ।

बारपाकको मम्चेडाँडाको उचाइ १९६० मिटर रहेको छ भने बारपाक गाउँको उचाइ १८६० मिटर रहेको छ । सोमबार दिनभरि पानी परेपछि हिउँ परेको उनले बताइन् ।

हिउँ परेपछि जनजीवन प्रभावित भएको छ । विशेषगरी टहरोमा बसेका भूकम्प पीडितलाई सकस भएको आसबहादुर घलेले जानकारी दिए ।

प्रधानमन्त्रीले प्रतिवद्धता गरेअनुसार बारपाकसम्मको बाटो कालोपत्रे कालोपत्रे भएको भए बारपाकमा हिउँ खेल्ने आन्तरिक पर्यटकको घुइँचो लाग्ने भन्दै उनले सडक पक्की बनाउनु पर्ने माग गरे ।
त्यस्तै १५६० मिटर उचाइमा रहेको चुमनुब्री ३ सिर्दिबास, फिलिम गाउँमा पनि सोमबार हिउँ परेको स्थानीय छाङ लामाले जानकारी दिए ।

तस्वीरहरु : किरण लोहनी

प्रतिक्रिया दिनुहोस्