| आइतवार, कार्तिक २३, २०८२

बैदेशिक रोजगार ठगी आरोपमा एक महिला पक्राउ

बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाकी एक महिला पक्राउ परेकी छन् । आरुघाट गाउँपालिका–४ घर भई हाल काठमाडौं बस्दै आएकी २४ बर्षीया सरु परियारलाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आकर्षक तलवको प्रलोभनमा पारी रोजगारका लागि अष्ट्रेलिया पठाइदिने भन्दै दुई लाख ५० हजार रकम लिएर सम्पर्कविहिन भएपछि पीडित पक्षले उनीबिरुद्ध जाहेरी दिएका थिए ।

सोही जाहेरीको आधारमा काठमाडौंबाट उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । उनका अनुसार पक्राउ परेकी परियारलाई थप अनुसन्धान र कारबाहीका लागि बैदेशिक रोजगार बिभागमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्