| बुधबार, असार ९, २०८३

पुस पाच गतेदेखि दशौं गोरखा महोत्सव

गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा पुसको पाँच गतेदेखि दशौँ गोरखा महोत्सव एवं अन्तर प्रदेश स्तरीय कृषि पर्यटन तथा ब्यापार मेला हुने भएको छ ।
गोरखा उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको हो ।मंगलबार संघको सचिवालयमा आयोजित पत्रकारसंगको अन्तरक्रियामा संघका अध्यक्ष जीवनज्योती श्रेष्ठले पुसको महोत्सवको पूर्व तयारी सुरु भइसकेको जानकारी दिए । ‘इतिहासलाई चिनाउन, वर्तमानलाई देखाउन गोर्खालीको साझा उत्सव गोरखा महोत्सव’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको श्रेष्ठले जानकारी दिए ।
जिल्लाको परिचय आन्तरिक तथा बाह्य क्षेत्रमा पु¥याउन, कला सस्ंकृतिको जगेर्ना गर्दै कृषि उत्पादनको बजार विस्तार तथा पर्यटन प्रबद्र्धन गर्नका लागि महोत्सव गर्न लागिएको कार्यक्रममा जानकारी दिइएको छ । महोत्सवमा खेलकुद तथा सास्ंकृतिक कार्यक्रम सहित जिल्लाका लागि योगदान दिने विशिष्ट ब्यक्तिलाई सम्मान पनि गरिने भएको छ ।
संघका अध्यक्ष श्रेष्ठका अनुसार महोत्सव अन्तरगत म्यान अफ द गोरखा दौड प्रतियोगितालाई यस महोत्सवमा पनि निरन्तरता दिइनेछ ।
गाउँपालिका तथा नगरपालिका स्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम, घरेलु उद्योगबाट उत्पादित सामग्रीको प्रदर्शनी तथा विक्री लगायतका कार्यक्रम हुनेछन् ।
यस्तै, विभिन्न प्रदेश क्षेत्रका प्रमुख धार्मिक, पर्यटकिय, ऐतिहासिक क्षेत्रको फोटो तथा वृत्तचित्र प्रदर्शनी, हेलिकोप्टरबाट जिल्लाको प्रसिद्ध स्थलको अबलोकन, तेस्रो गोरखा तारा गायन प्रतियोगिता, प्यारागलाईडिङ, हात्ती सवार, कुस्ती प्रदर्शनी लगायतका कार्यक्रम पनि हुने कार्यक्रममा जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्