| बुधबार, चैत्र १०, २०८२

धार्चेमा भोलीदेखि तातोपानी मेला

उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ मा हरेक वर्षजस्तै यस वर्ष पनि ऐतिहासिक तातोपानी मेला हुने भएको छ । लार्के मनासलु युवा क्लवको आयोजनामा भोलीदेखि मेला हुन लागेको हो ।

‘ऐतिहासिक तातोपानी मेला संरक्षण तथा सम्बद्र्धन गरौँ’ भन्ने मुल नारा सहित मेला हुन लागेको आयोजक क्लवका प्रदिप खत्रीले बताए । मेला अवधिभर भलिबल प्रतियोगिता एवं बिभिन्न सांस्कृतिक कार्यक्रमको साथमा खाना महोत्सव हुने उनले जानकारी दिए । स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुती समेत रहने उनको भनाइ छ ।

‘स्थानीय स्तरमा उत्पादीत कृषि तथा हस्तकला प्रर्दशनी पनि हुन्छ,’ उनले भने । मेला सम्पन्न गर्न करिव १३ लाख लाग्ने आयोजकको अनुमान छ । गोरखासँगै धादिङ, लमजुङ, कास्की, तनहुँ लगायत जिल्लाबाट मेला अवलोकन गर्न आउने अपेक्षा आयोजकको छ ।

‘मितेरी मेला’ समेत भनिने यस मेलामा आसपासका जिल्लाबाट मित लगाउन समेत आउने गर्छन् । मेला १९ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्