| आइतवार, अशोज १०, २०८३

लामिछानेको ‘न्यायको खोजीमा उत्तरी गोरखा’ पुस्तक लोकार्पण

गोरखाका सर्जक एवं वामपन्थी नेता भक्ति लामिछानेद्वारा लिखित ‘न्यायको खोजीमा उत्तरी गोरखा’ नामक पुस्तक लोकार्पण भएको छ । लामिछानेले शनिबार जिल्ला सदरमुकामका एक कार्यक्रम आयोजना गरेर आफ्नो पुस्तक लोकार्पण गरेका हुन् ।
विकट मानिने उत्तरी गोरखाको गाथा बोकेको उक्त पुस्तकले नयाँ पुस्तालाई अभिप्रेरित गराउने लेखक लामिछानेको विश्वास छ । पुस्तक ४ खण्ड ५ सय ६८ पृष्ठको सो पुस्तकमा पुस्तकमा उत्तरी गोरखाको विकटता, त्यहाँका स्थानीयको दुःख, विकासका नाममा भएका विभेद, राजनीतिक जागरण जस्ता विषय समेटिएका छन् ।

लामिछानेको ‘न्यायको खोजीमा उत्तरी गोरखा’ पुस्तकका प्रकाशक संस्थाका भोलानाथ ढकालको सभापतित्व एवं संघियताका विज्ञ पशुराम तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको पुस्तक लोकार्पण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, लेखक यदु अधिकारी, साहित्यका अनुरागीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्