| आइतवार, अशोज १०, २०८३

बालमन्दिर माविको अध्यक्षमा लामिछाने

गोरखा सदरमुकामको बालमन्दिर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
शनिबार विद्यालयमा सम्पन्न अभिभावकहरुको भेलाले नयाँ कार्यकालका लागि अध्यक्षमा लुमनाथ लामिछनेलाई चयन गरेको छ ।
सो भेलाले नुर्बु गुरुङ, सरस्वती गुरुङ, सुकमाया गुरुङ र कालु तामाङलाई सदस्यमा चयन गरेको छ । त्यस्तै गुणस्तर लेखाजोखा समिति पनि गठन गरेको छ । स्थानीय अभिभावक लक्ष्मी रानाको अध्यक्षता मा रामकृष्ण बिक र पार्बती गदाल सदस्य रहने गरी समिति गठन गरेको हो । यसअघि का व्यवस्थापन समितिका अध्यक्ष धिरजबहादुर मास्केको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्