| सोमवार, अशोज ११, २०८३

निवृत्त शिक्षक समाज गोरखाको अध्यक्षमा श्रेष्ठ

निवृत्त शिक्षक समाज गोरखाको अध्यक्षमा रामबाबु श्रेष्ठ चयन भएका छन् । शनिवार सम्पन्न नवौ साधारण सभा तथा पाँचौ अधिवेशनले श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति गठन भएको हो ।

जसको उपाध्यक्षमा कपिलबाबु अर्याल र सरोजबाबु ढकाल, सचिवमा अनन्त न्यौपाने र कोषाध्यक्षमा शिवराम कट्टेल चयन भएका छन् । सदस्यहरुमा कल्पना वानिया, देवराज उपाध्याय, बाबुराम कट्टेल, खडानन्द भट्ट, दिपकबाबु बिक, मिनबहादुर नेपाली, प्रेमबहादुर खत्री, यदुप्रसाद लामिछाने, अब्दुल करिम मिया र श्यामप्रसाद लामिछाने छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधीमा प्रेमबहादुर थापा, बमबहादुर थापा, बाबुराम अर्याल र जीवनज्योती कट्टेललाई चयन गरेको छ । समाजका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बमबहादुर थापा, कल्पना वानिया, रामप्रसाद अधिकारी, सुकदेव दवाडी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अवसरमा समाजका पूर्व अध्यक्षहरु चुडामणी शर्मा कट्टेल र सुकदेव दवाडी सम्मानित भएका छन् । दोसल्ला ओडाएर कदर पत्रले उनीहरुलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्